२०७९ असार १८
  • काठमाडौँ

प्रचण्डको पार्टी खारेज हुने निश्चित, सबै ५३ सांसदको पद जाने, निर्वाचन आयोगले लियो एक्सन !

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी खारेज हुने अवस्थामा पुगेको छ । ९ वर्षसम्म महाधिवेशन हुन नसकेको पार्टी खारेज गर्ने विकल्पबारे निर्वाचन आयोगले परामर्श थालेको छ । विपक्षी गठबन्धन बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हात धोएर लागेका प्रचण्डको पार्टीका ५३ सांसदको पद पनि पार्टी खारेज भएसँगै जाने निश्चित छ । 

माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोगलाई ९ वर्षसम्म पनि पार्टीको महाधिवेशन नगर्ने पार्टी अध्यक्ष र पार्टी कसरी वैधानिक भयो ? भन्दै प्रश्न उठाएका छन् । उनको प्रश्नसँगै निर्वाचन आयोगको ध्यानाकर्षण भएको आयुक्तहरुले बताएका छन् । 

गृहजिल्ला रौतहटमा वर्तमान एमाले नेता साहले वि.सं.२०६९ सालपछि सो पार्टीको महाधिवेशन नभएको भन्दै नेपालको संविधान अनुसार सो पार्टी खारेज भइसकेको जिकिर गरे । निर्वाचन आयोगले दबाब र प्रभावमा नपरी आफ्नो कारवाही अगाडि बढाउनुपर्ने माग गरे ।

आवधिक महाधिवेशन नगर्ने माओवादी केन्द्र पार्टी र त्यसका अध्यक्ष प्रचण्ड दुबै अवैध भएको साहले खुलाए । ‘म प्रचण्डलाई सोध्न चाहन्छु माओवादी केन्द्र पार्टी वैधानिक छ कि छैन ? आफूलाई पार्टीको अध्यक्ष भन्नुहुन्छ । कुन नियम कानूनले उनी अध्यक्ष भए म सोध्न चाहन्छु,’ उनले प्रश्न गरे ।

उनले ५ वर्षमा एक पटक कुनैपनि पार्टीको महाधिवेशन हुनुपर्ने संविधानमा उल्लेख भएपनि माओवादी केन्द्रले ९ वर्षसम्म पनि महाधिवेशन नगरी चुपचाप बस्दा निर्वाचन आयोगले पनि केही नगरेको भन्दै आक्रोश पोखे । निर्वाचन आयोगलाई संवैधानिक निकायको रुपमा निष्पक्ष भएर काम गर्न र कुनै नेताको कठपुतली नबन्न सुझाए ।

आफै अवैध पार्टीको अवैध अध्यक्ष भएर हिँडिरहेका प्रचण्डले एमाले अध्यक्ष ओलीको पद खोस्ने असफल प्रयास गरेको पनि टिप्पणी गरे ।नेपाली पानाबाट

२०७८ असार १२, शनिबार ०४:३६ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।