२०७९ श्रावण २६
  • काठमाडौँ

नेपाली सेनाका सिपाहीले…..!

काठमाडौ । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाहीलाई गो-ली ला’गेको छ । उनको अवस्था ग’म्भिर रहेको र नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनी आफैले बो’केको ब’न्दु’कवाट घटना भएको हो । असावधानी पुर्वक घटना भएको हो वा उनले देह त्यागको प्रयास गरेका हुन् भन्ने अनुसन्धान सुरु गरिएको छ ।

उनी ग’म्भिर अवस्थामा उपचारमा रहेकाले उनको अवस्था सामान्य भएपछि यसवारेमा सेनाले सोधपुछ गर्नेछ । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घटनामा घाइते भएका हुन् ।

उनको अनुहारको दुई स्थानमा घाउ देखिएको बताईएको छ । आफैंले बोकेको रा’इफ’ल प”ड्कि’एर उनी घाइते भएको सैनिक स्रोत बताएको छ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा घटेको बेला घटना भएको हो । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गो -ली को आ’वाज सुनिएको उनीसंगै ड्युटीमा रहेको नरेश गुरुङले जानकारी दिएका हुन् ।

यस्तै पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

२०७८ असार ७, सोमबार ०८:२५ 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।