
गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । मनाङे हालै कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।
प्रचण्डसँगको भेटबारे माननीय दीपक मनाङे एण्ड रोहित गुरुङ नामक फेशबुक पेजमा लेखिएको छ–‘नेकपा माओवादी केन्द्र का अध्यक्ष कमरेड प्रचण्ड ज्यु संग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लीएको तस्बिर।”
मनाङेकै कारण गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका थिए ।
नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मनाङेसहित चार जनालाई विनाविभागी मन्त्रीमा नियुक्त गरेका थिए । तर, अहिलेसम्म कुनै मन्त्रालय उनीहरुलाई दिइएको छैन ।
स्रोतका अनुसार ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निश्चित भइसकेको छ भने आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे पनि संघर्षमा छन् । ताजाखबर बाट