२०७९ असार २०
  • काठमाडौँ

राजसंस्था नै ठिक भन्न थाले जनता – गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्। काठमाडोँ आयोजित कार्यक्रममा बोल्दै कोईरालालेकांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले राजसंस्था नै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उनले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस : धुलिखेलबाट पाँच जुवाडे पक्राउ

प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३०, १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–६ का ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ र ३० वर्षीय अशोक श्रेष्ठ, धुलिखेल नपा–९ का ३५ वर्षीय दीपक तामाङ र भक्तपुरको भक्तपुर नपा–६ का ४० वर्षीय गणेश कारञ्जित रहेका छन् ।पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा उनीहरुविरुद्ध आज जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । जुवा ऐनअन्तर्गत एक वर्ष कैद वा जरिवाना गरिने उल्लेख छ ।

२०७८ असार ५, शनिबार १२:२० 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।