२०७९ असार १८
  • काठमाडौँ

अभिनेता संचारी विजयको निधन

कन्‍नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए ।

जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारको दौरानमा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् । परिवारले भने उनका अंगदान गर्ने निर्णय लिएको हो । विजयका भाइ सिद्धेशले भने–

‘विजयको दिमागले काम गर्न छोडेको थियो । त्यसैले हामीले उनको अंगदान गर्ने निर्णय लिएका छौ । विजय हमेसा समाजको सेवामा बिश्वास समेत राख्दथे ।’

विजय लकडाउनमा मानिसको मद्दत गर्न अगाडि रहन्थे । विजयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए ।एसेन्जी

२०७८ असार २, बुधबार ००:५९ 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।