२०७९ असार १४
  • काठमाडौँ

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

काठमाडौं : जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चारअर्ब ८० करोडभन्दा बढी रकम अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ । नेपालका मध्य तथा

सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीक रणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ।नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत आउँदाे सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मनी

सरकारले अनुदान स्वरूप याे रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि याे रकम प्रदान गरिने दूतावासले जनाएको छ ।पुर्बआवाज

२०७८ असार १, मंगलवार २३:५२ 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार