२०७९ श्रावण ३१
  • काठमाडौँ

श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा युवक प,क्राउ

१ असार, डोटी । श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा डोटीको आदर्श गाउँपालिका–४ रोडिङका सन्तोष भाट पक्राउ परेका छन् । जेठ १२ गते राति १२ आफ्नै पसलमा सुतिरहेका बेला स्थानीय २८ वर्षकी लक्ष्मी भाट र उनकी अढाई बर्षीया छोरी अञ्जुमाथि ज्वलनशील पदार्थ छर्की आगो लगाइएको थियो ।

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोषलाई प्रहरीले सोमबार कैलालीको त्रिनगर भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको जानकारी दिएको छ ।

उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

आगोले शरीरको आधाभन्दा बढी भाग जलेकी लक्ष्मीलाई दिपायल राजपुरस्थित सु–जङ्ग अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जेठ १७ गते हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लगिएको छ । हाल उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका सन्तोषविरुद्ध लक्ष्मीका दाई तेजेन्द्रबहादुर ठगुन्नाले जेठ १६ गते किटानी जाहेरी दिएका थिए ।यो समाचार अनलाइन खबर मा छ!

२०७८ असार १, मंगलवार १७:५७ 0 Minutes 66 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।