२०७९ असार १८
  • काठमाडौँ

दुनियाँकै ठूलो परिवारका घरमुलीको निधन : ३८ पत्नी, ८९ छोराछोरी

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।

७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।

मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।

जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।

यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारले हजम गर्दछ ।

उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठूलो महत्व रहँदै आएको छ । एउटै परिवारमा यतिधेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरु चुनावका बेला यो परिवारलाई निकै महत्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाही निर्णायक हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

२०७८ जेष्ठ ३१, सोमबार ०९:३७ 0 Minutes 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।