२०७९ श्रावण २६
  • काठमाडौँ

जारी निषेधाज्ञा अझै कडा गरौं, असारदेखि खोलौं

काठमाडौं, जेठ २४ गते । नेपालमा को’रो नाको दोस्रो लहर देखिएसँगै निषेधाज्ञा जारी भएको डेढ महिना पुग्दै छ । संक्रमणदर अपेक्षित रुपमा नघटेको कारण विनाकाम बाहिर हिड्डुल गर्न कडाई गरिएको छ ।

छिमेकी देश भारतको नयाँ दिल्ली लगायत शहरमा को’रो नाको दर ओरालो लागे सँगै निषेधाज्ञा खोल्ने बताइएको छ । यसै बीच नेपालमा निषेधाज्ञा कहिले खुल्छ भन्ने आममानिसको चासो बढेको छ ।

जनस्वास्थ्य विज्ञ र सरोकारवाला निकायहरुले निषेधाज्ञालाई धेरै लामो समय सम्म लैजान नहँुने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुन जारी नि’षेधाज्ञालाई केही हप्ता कडा गर्ने र मापदण्ड अपनाएर खुला गर्नु पर्ने बताउनुहुन्छ । सरकारले सुरुको चरणमा निषेधाज्ञा लगाउन अलि ढिला र कोरोना परीक्षणदर कमी गरेकोले पनि अपेक्षित नतिजा आउँन नसकेको उहाँ बताउनु हुन्छ ।

विगतको समीक्षा गर्दै को’रो ना परीक्षण दर बढाउने र जारी नि’षेधाज्ञालाई केही समय कडाई गरेमा को’रो नाको संक्रमणदर घट्ने उहाँको बिश्वास छ । अव को’रो नाको दर विस्तारै ओरोलो लागेकोले आम मानिसले पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सं’क्रमण हवात्तै कमी आउने जनस्वास्थ्य विज्ञ पुन बताउनुुहुन्छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जिडी ठाकुर पनि जारी निषेधाज्ञालाई कडाइ गर्ने र सं’क्रमितको सम्पर्कमा आएकाको कन्टयाक टेसिङलाई प्राथमिकताका साथ गरियो भने अवको तीन हप्तामा को’रो ना संक्र मणदर हवात्तै तल झर्ने बताउनुहुन्छ ।

को’रो नाको सं’क्रमण आइसकेको पछि त्यसको लहरको समय तीन महिना हुन्छ, बैशाखमा सुरुवातमा नेपालमा दास्रो लहर सुरु भएको हो, असारको महिना भरमा दोेस्रो लहर हटेर जाने उहाँको बुझाई छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएमा फेरि ६ महिना पछि तेस्रो लहर आउने खतरा पनि त्यतिकै रहेको जनस्वास्थ्य विज्ञ ठाकुर बताउनु हुन्छ । सहरी क्षेत्रमा विस्तारै संक्रमणदर कमी हुँदै गए पनि ग्रामीण क्षेत्रमा सं’क्रमण फै’लिदैँ गएकोले त्यहाँका स्थानीय तहले कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालनामा काम गर्ने वेला आएको उहाँको आग्रह छ ।

को’रो ना सं’क्रमणको दर देखिदा देखिदै पनि ग्रामीण क्षेत्रमा ९० प्रतिशत मानिसले मास्क प्रयोग नगरेको पाइएको डा.ठाकुर बताउनु हुन्छ । उक्त क्षेत्रमा जन चेतनाको कमी र बिबाह, पूजा लगायतका गतिविधिले सं’क्रमण फैलिएको उहाँ बताउनुहुन्छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पछिल्लो समय निषेधाज्ञा कडा गरिए संगै कोरोना संक्रमणमा कमी आएको बताउनु हुन्छ । अहिलेको कडाईले चेनब्रेक गर्न सहयोग पु¥याएको बताउँदै उहाँले अझै केही समय कडा गरियो भने को’रो नाको चेनब्रेक हुँने महानगर प्रमुख महर्जन दावी छ ।

काठमाडौं उपत्यका भित्र ठाउँ–ठाउँमा एन्टीजेनबाट पनि को’रो ना परीक्षण भइरहेको र महानगरले को’रो ना सं’क्रमण नियन्त्रण गर्न तीव्रताका साथ लागि परेको बताउनु हुन्छ ।

पछिल्लो समय को’रो नाका संक्रमतिको संख्या घट्दै जाँदा अस्पतालका बेडहरु पनि खाली हुँदै गएको उहाँको भनाई छ । धेरै समय निषेधाज्ञा गर्दा आममानिसको जनजिविकामा प्रभाव पार्ने भएकोले असारको पहिलो हप्ताबाट निषेधाज्ञा खोल्नु पर्छ भन्ने मान्यता रहे को उहाँले बताउनुभयो । औपचारिक रुपमा निषेधाज्ञा खोल्ने विषयमा छलफल गर्ने तयारी समेत गरेको नगरप्रमुख महर्जनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला पछिल्लो समय को’रो ना नि’षेधाज्ञालाई कडाइ गरे संगै सं’क्रमणदर घट्दै गएको र आशा लाग्दो नतिजा आएको बताउँनु हुन्छ । अहिले अस्पतालमा बेड खाली हुँदै गएको, अक्सिजनको कुनै समस्या नरहेको देखिएको पाइएकोले अव को’रो नाको संक्रमणको दर घटदै गएको छ भन्ने पाउन सकिने उहाँको भनाई छ ।

तत्काल निषेज्ञाज्ञा खोल्ने अहिले भन्न नसकिए पनि संक्रमणदर हेरेर मिडिया लगायत सरोकारवाला निकायसँग छलफल गरेर असारबाट निषेधाज्ञा खोल्न सक्ने सम्भावना पनि रहेको प्रजिअ निरौला बताउनुहुन्छ ।

काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञालाई कडाइ गर्ने र सं’क्रमण दर घटाएर निषेधाज्ञा जती सक्दो चाँडो खोल्ने गरि आफूहरुले काम गरि रहेको उहाँको भनाई छ । पछिल्लो पटक थप गरिएको नि’षेधाज्ञाको अवधि यही जेठ ३१ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । गोरखापत्र बाट

२०७८ जेष्ठ २५, मंगलवार १३:१३ 0 Minutes 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।