२०७९ असार १५
  • काठमाडौँ

फेरी अस्ताए अर्का बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर , सुवेदी स्वास्थ्य क्षेत्रमा ठुलो क्षति

काठमाडौं-मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे ।

डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो । डा. सुवेदी इमाडोल ललितपुरका हुन् । उनी बंगलादेशमा पढेका हुन् ।
यो पनि
भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक वर्षअघिदेखि नै पे-टमा समस्या देखिएको थियो । तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् ।

समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ । अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पे-ट दु-खेर कुसुम अस्पताल आएकी थिइन । तर उनी डाक्टरले बोलाएको समयमा फलोअपमा अस्पताल पुगिनन् ।

शल्यक्रियामा संलग्न डा. सृष्टि प्रजापतिले यस्तो किसिमको समस्या बिरलै हुने गरेको बताइन् । ‘अस्पताल आइपुग्दा बिरामीलाई निकै गाह्रो भइसकेको थियो । हिँड्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । हामीले तुरुन्तै भर्ना गरेर शल्यक्रिया ग-यौं,’ डा.प्रजापतिले भनिन्, ‘अहिले उनको अवस्था ठीक छ ।’स्रोत ताजाखबर

२०७८ जेष्ठ २४, सोमबार १०:४२ 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार