२०७९ असार १५
  • काठमाडौँ

काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञाको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञा लगाएर जनजीवन केही सहज बनाइने भएको छ । यसका लागि विभिन्न निकाय बीच अनौपचारिक छलफल जारी छ । को’रो ना म’हामारी नियन्त्रणका लागि भन्दै उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । जेठ मसान्तसम्म जारी निषेधाज्ञामा खाद्यान्न र अत्यावश्यक बाहेकका सेवा ब’न्द गरिएको छ ।

पछिल्लो दुई सातायता उपत्यकामा सं’क्रमण र मृ,त्युदरमा पनि कमी आएको छ। असारमा कर संकलन गर्ने महिना भएकाले पनि आंशिक निषेधाज्ञा लागु हुन सक्ने कतिपयको बुझाइ छ। सुरक्षा अधिकारीहरु भन्छन्, “अहिलेकै अवस्था हेर्दा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । यस्तोमा ट्याक्सी, निजी सवारी–साधन पनि चल्न सक्छन् । अब सुरक्षित हिसाबले जनजीवन सहज बनाउन तर्फ केन्द्रित हुन जरुरी छ ।”

अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको सुरक्षा अधिकारीहरुको तर्क छ । पूर्ण रुपमा निषेधाज्ञा खोल्दा स्थिति नियन्त्रण बाहिर पनि जान सक्ने भएकाले अहिल्यै पूर्ण खुला गर्न नहुने उनीहरु बताउँछन्। तर, सं’क्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

शनिबारसम्म देशभर को’रो नाका सक्रिय सं’क्रमितको संख्या ९२ हजार ९२८ रहेको छ । काठमाडौं उपत्यकामा सक्रिय सं’क्रमितको संख्या २२ हजार ४४ छ । काठमाडौंमा मात्रै १३ हजार १५९ सक्रिय सं’क्रमित छन् । ललितपुरमा पाँच हजार ११८ र भक्तपुरमा तीन हजार ७६७ सक्रिय सं’क्रमित छन् । पछिल्लो समय दैनिक नयाँ सं’क्रमितको संख्याको तुलनामा निको हुनेको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म नि’षेधाज्ञा जारी नै रहेकाले त्यसबारे थप छलफल नभएको बताउँ छन् । असार त कर संकलन गर्ने समय हो नि यस्तोमा कसरी कर तिर्ने ? भन्ने प्रश्नमा उनले भने, “हामीले को’रो नाको दर हेर्छौँ । संक्रमण हेरेरै निर्णय लिन्छौँ ।” बाह्रखरीवाट साभार

२०७८ जेष्ठ २३, आईतवार १६:४६ 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार