२०७९ असार १५
  • काठमाडौँ

राउटे युवतीमाथि दुर्व्यवहार : दोषीलाई हदैसम्मको कारबाही गर्न माग

२३ जेठ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दु,र्व्य,वहारको घोर भ,र्त्सना गरेको छ ।

गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अ,श्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा,

सार्वजनिक भइरहेकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

घ,ट,ना,मा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन, चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनु,सन्धान गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

अनलाइन खबर बाट

२०७८ जेष्ठ २३, आईतवार ०९:४९ 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार