२०७९ मंसिर १५
  • काठमाडौँ

नेपाल एयरलाइन्स भित्रै ४ जना एयर होस्टेसले यस्तो हर्कत गरेपछि…..

काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन्। निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ।

निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो।उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन।

तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं। १ ९ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ० मा केक काटिएको थियो।

जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए। उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ। नागरिक दैनिकबाट

२०७८ जेष्ठ २२, शनिबार १७:५८ 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।