२०७९ भाद्र १
  • काठमाडौँ

जुनियर नेता उपधानमन्त्री भएपछि बस्न उचित ठानिनँ : हृदयश त्रिपाठी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् ।

सरकारबाट बाहिरिने मन्त्रीहरु मध्ये एक हुन् हृदयश त्रिपाठी । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् ।

उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन्। उनले पुनर्गठित मन्त्रिपरिषदलाई हार्दिक शुभकामना रहेको बताए। ‘पुनर्गठित मन्त्रिपरिषदलाई मेरो हार्दिक शुभकामना ।

उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, त्रिपाठीले शुभकामना दिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका १० सहित एमालेका नयाँ २ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका थिए ।

२०७८ जेष्ठ २२, शनिबार ०९:३५ 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।