२०७९ असार १४
  • काठमाडौँ

उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्दै महतोले भने-संविधान जलायर गल्ती गरेछु !

काठमाडौं : नवनियुक्त उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले आफूहरुका अधिकांश माग पूरा भएकाले पार्टी सरकारमा सहभागी भएको बताएका छन् । सरकारमा रहुन्जेल पार्टीका माग मुद्दा कार्यान्वयनमा लागिपर्ने उनले बताए । शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले जनताको माग मुद्दा सम्वोधनको लागि सरकारमा सहभागी भएको बताएका हुन् ।

उनले भने- मुख्यरुपमा जनता समाजवादी पार्टीका माग र मुद्दा केही सम्बोधन भएपछि सरकारमा सहभागी हुने परिस्थिति निर्माण हुन पुगेको हो । त्यसैले हामी सरकारमा गएका हौं । हामीले जे काम गरि रहेका छौं, हाम्रो मुख्य माग र मुद्दामै रहेर गरिरहेका छौं । हिजो हाम्रो माग मुद्दा सम्बोधन भएका थिएन । अहिले आएर केही सम्बोधन भएका छन् । केही अब हामी गर्दै जान्छौं । प्रयास भइरहेको छ ।

यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाज वादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धि लाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ । हाम्रा सामु दुईवटा कार्यभार छन् । एजेण्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आ’न्दोलनको तयारी गर्नु हो ।

यो देश सम्पूर्ण नेपालीको बनोस् । सबै नेपालीले नेपालमा पहिचान, अधिकार, सम्मान र शासनमा प्रतिनिधित्व पाउन्। त्यही अनुसारको शासन र संविधान बनोस्। यो लक्ष्यमा जनता समाजवादी पार्टी सरकारमा भए पनि नभए पनि अगाडि बढिरहन्छ । आफ्नो लक्ष्य र जनताको सेवाका लागि अहिले सरकारमा गएर हामी आफ्नो भूमिका निर्वाह गर्छौं ।

‘संसद विघटनको मुद्दा सर्वोच्चमा छ, त्यो अदालतले हेर्दै गर्ला । हामी हाम्रो माग मु’द्दाका लागि सरकारमा सहभागी भएका हौँ । मुख्य रुपले जनताको माग मुद्दाकै लागि सरकारमा सामेल भएका छौँ । त्यसैले अदालतले के फैसला हाम्रो सरोकारको विषय होइन, सरकारमा रहुञ्जेल माग मुद्दामा रहेर काम गछौं’ महतोले भने । महतोले सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी पनि गर्ने बताए ।

२०७८ जेष्ठ २२, शनिबार ०१:३४ 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार