
एजेन्सी। दक्षिण चीन सागरको विवादित क्षेत्रमा १६ चिनियाँ लडाकू विमानको उपस्थितिपछि मलेसियाले चिनियाँ राजदूतलाई बोलाएको छ।मलेसियाले चिनियाँ सेनाले आफ्नो समुद्री सिमानामा उडान गरेको आरोप लगाएको छ ।
दक्षिण चीन सागरमा संकास्पद गतिविधिहरू देखिएपछि मलेसियाका विदेश मन्त्रीले सोमबार लडाकू विमानमार्फत चिनियाँ कार्गो जहाजहरूको पिछा गरेका छन् ।
उनले घटनालाई ‘राष्ट्रिय सार्वभौमिकताको लागि गम्भीर खतरा’ भने।
यद्यपि चीनले उसको विमानहरूले अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरेको दाबी गरेको छ ।मलेसियाली वायुसेनाका अनुसार चिनियाँ हवाईजहाज २७ हजार फिटमा ‘रणनीतिक फर्मेशन’ मा उडान गर्दै थिए र मलेसियाको तटमा ११० किलोमिटर जति नजिक पुगेका थिए।
विज्ञप्तिमा यी विमानहरुमा सम्पर्क गर्नका लागि प्रयास गरिएको थियो तर कसैले जवाफ दिएनन् ।त्यसपछि मलेशियन लडाकू विमानहरुले उडान र निरीक्षण गर्यो।
परराष्ट्रमन्त्री हिशमुद्दीन हुसेनले चिनियाँ विमान मलेशियाको समुद्री सीमामा प्रवेश गरेमा आपत्ति जनाएका छन् ।उनले यस सम्बन्धमा चिनियाँ राजदूतलाई बोलाइएको वताए । चीनले लगभग सम्पूर्ण दक्षिण चीन सागरलाई आफ्नो दावी गरेको छ, तर मलेसिया, फिलिपिन्स, ब्रुनेई, ताइवान र भियतनामले यसको दावीको विरोध गर्दछ।,
यो ,दशकौं पुरानो विवाद हो, तर विगत केही वर्षदेखि तनाव बढेको छ।चीनले यस क्षेत्रमा आफ्नो हस्तक्षेप बढाइरहेको छ। चीनले यहाँ कृत्रिम टापुहरू पनि निर्माण गरिरहेको छ र भन्छ कि यो शान्तिमय उद्देश्यका लागि त्यसो भइरहेको छ।-बिबिसीबाट