२०७९ असार १५
  • काठमाडौँ

सरकारले भनेभन्दा बढी सेना मा,रिएको हुनुपर्छ भन्ने क्युलाई जेल सजाय !

एसेन्जी -गतवर्षको जुन १५ मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिं,स्र,क झडप भएको थियो।, सो झडपपछि भारतले आफ्ना २० सेना शहिद भएको बताएको थियो। चीनले भने सुरुवातमा आफ्ना कुनै सेनाको मृत्यु नभएको दाबी गरेको थियो।,

,तर आठ महिनापछि फेब्रुअरीमा आएर चीनले बल्ल आफ्ना चार सेनाको मृत्यु भएको भन्दै उनीहरुको नाम र फोटो सार्वजनिक गरेको थियो।चीनले चार सेनाको मृत्यु भएको बताएपछि चीनमा एक चर्चित ब्लगर तथा पूर्व पत्रकार क्यु जिमिङले सामाजिक संजालमा सो हिंस्रक झडपमा चीनका चारभन्दा बढी नै सेनाको मृ,त्यु भएको आशंका व्यक्त गरेका थिए,।

,उनले विबोमा लेखेका थिए,‘भर्खरै भारतीय सेनासँगको झडपमा मारिएको भनिएका चार सेनाको उद्धारको क्रममा मृत्यु भएको थियो। त्यस घटनामा उद्धार टोलीमा खटेकाहरुको पनि मृत्यु भएको थियो। त्यसकारण धेरै चिनियाँ सेनाको मृत्यु भएको हुनसक्छ।’

उनले चीनको पनि धेरै सेनाको मृत्यु भएको अभिव्यक्ति दिएपछि उनले मृतक सेनाप्रति अनैतिक टिप्पणी गरेको भन्दै सरकारले उनलाई गिरफ्तार गरेको थियो,।यतिबेला उनलाई चीनको अदालतले ८ महिनाको जेल सजाय सुनाएको छ। उनले आफूले गल्ती गरेको भन्दै माफीसमेत मागिसकेका छन्।,

,हाल जेल सजाय सुनाइएका ३८ वर्षका क्यु जिमिङ यसअघि द इकोनोमिक अब्जर्भरमा खोजमूलक पत्रकारिता गर्दथे।,

,उनको विबो एकाउन्टमा २४ लाखभन्दा बढी फलोवर छन्। उनको अभिव्यक्तिले तथ्यलाई तोडमोड गरेर समाजमा नकरात्मकता र अफवाह फैल्याएको बताइएको थियो।एसेन्जी

२०७८ जेष्ठ २०, बिहीबार ०१:२४ 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार