
शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ ।निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।
गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।
चमेलीको तेलमा कपुर अथवा कागतीको रस मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।निलोतुथोलाई पानीमा उमाली लगाउनाले चिलाउन छाड्छ ।
२० ग्राम गन्धक, १० ग्राम नरिवलको तेल २५० ग्राम दहीमा मिलाई शरीरमा लगाउनुहोस् । त्यसको केही समयपछि तातो पानीले नुहाउनाले चिलाउन छाड्छ ।
शुद्ध गन्धक ५० ग्राम, मिश्री १०० ग्राम अलैँची ५ ग्रामलाई पिसेर धुलो बनाई बिहानबेलुका खानाले चिलाउन छाड्छ ।
२५ ग्राम अमलालाई पिसी २० ग्राम सख्खरसँग मिलाई खानाले चिलाउन छाड्छ ।बिग्रेको नरिवल, निलोतुथो, अमलाको रस, कपुरलाई पानीमा मिलाई चिलाइरहेको ठाउँमा लगाउनाले चिलाउन छाड्छ । स्रोत मेरो डाक्टर पुस्तक बाट