२०७९ श्रावण ३१
  • काठमाडौँ

भारतीय प्रधानमन्त्री मोदीका लागि २०० अर्बको घर बनाइँदै, के छ विशेषता ?

बीबीसी । भारतको राजधानी दिल्लीको केन्द्रमा पर्ने राजपथस्थित खुला सार्वजानिक क्षेत्र वर्षौँदेखि हजारौँ मानिसहरुका लागि भेला हुने,घाम ताप्ने, आइसक्रिम खाने ठाउँका रुपमा रहँदै आएको छ।

तर राष्ट्रपति भवनबाट इन्डिया गेटसम्म फैलि एको यो तीन किलोमिटरको सडक क्षेत्र यतिबेला भने धुलाम्मे अवस्थामा छ । अहिले त्यहाँ मानिसहरुलाई प्रवेश गर्नबाट रोक्न ब्यारिकेड लगाइएको छ भने कामदारहरुले पाइप र टायलहरु मिलाइरहेको देख्न सकिन्छ ।

यो काम वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्रीका लागि नयाँ घर,नयाँ संसद् निर्माण गर्ने परियोजना अन्तर्गतको काम हो । यसका लागि झन्डै दुई खर्ब भारतीय रुपैँया खर्च लाग्ने अनुमान रहेको छ ।

तर यो ‘सेन्ट्रल भिस्ता’ परियोजना २०१९ को सेप्टेम्ब रमा घोषणा भएदेखि नै विवादमा आइरहेको छ । त्यति धेरै रकम बरु नागरिकहरुको हितका लागि या दिल्लीको हावालाई सफा स्वच्छ राख्नमा खर्च गर्दा बढी उपयोगी हुने आलोचकहरुको भनाइ रहँदै आएको छ ।

दिल्लीको हावा संसारकै सबैभन्दा दूषितमा पर्दछ । यता सरकारले ती सबै भनाइलाई बेवास्ता गर्दै सेन्ट्रल भिस्ता परियोजना अर्थतन्त्र वृद्धिका लागि उल्लेखनीय रहने तर्क गर्ने गरेको छ ।

शहरी विकास मन्त्री हर्दिप सिंह पूरीका अनुसार यसले ठूलो स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र अन्ततः सबै भारतीयहरुलाई गर्व तुल्याउनेछ ।

यसरी एकातर्फ देश कोभिडको दोस्रो लहरले भयावह स्थितिसँग लडिरहँदा राष्ट्रपतिका लागि नयाँ घर निर्माणका कामहरु चलिरहेको छ । यस कारण पनि यो परियोजनाबारे जनधारणा झन निराशाजनक बनेको छ ।

आलो’चकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको प्राथमिकताबारे प्रश्न उठाइरहेका छन् । विपक्षी नेता राहुल गान्धीले त यसलाई अपराधिक क्षतिको नाम समेत दिएका हुन् र मोदीलाई अहिले महामारी व्यवस्थापनमा केन्द्रित रहन सुझाव दिएका छन् ।

विज्ञहरुले यसैको विरोधमा मोदीलाई खुला पत्र पनि लेखेका छन् र ठूलो स्तरमा यसरी श्रोतसाधनहरु नोक्सान गर्नुको सट्टा मान्छेको ज्यान बचाउन सकिने बताएका हुन् । प्रधानमन्त्रीको यो नयाँ घर आगामी डिसेम्बर २०२२ सम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।

इतिहासविद् नारायनी गुप्ताले बीबीसीसँग बताइन्, “यो पूर्ण रुपमा अनुचित हो । महामारीले हजारौँको ज्या’न लिइरहँदा, चि’हान घर भरिएर ठाउँ नभएको अवस्थामा सरकारले कसरी हावामा महल ठड्याउन सक्छ ?”

अहिले कहाँ बस्छन् त मोदी ? सबै हिसाबमा मोदीको हालको वासस्थान पनि अत्यन्तै विलासी रहेको छ । लोक कल्यान मार्गमा रहेको १२ एकडको कम्प्लेक्समा पाँचवटा बंगला छन् र यो राष्ट्रपति भवन अनि संसद् भवन भन्दा तीन किलोमि टरको दुरीमा छ ।

प्रधानमन्त्रीको वासस्थान बाहेक सो कप्लेक्समा अतिथिहरुका लागि समेत बस्नेखाने ठाउँको व्यवस्था छ, कार्यालय, मिटिङ गर्ने कोठा, थिएटर अनि हेलीप्याड पनि रहेको छ ।

केही वर्ष अगाडि मात्र त्यहाँ नजिकैको सफदार्जुङ विमानस्थलसँग सीधै जोडिने जमिन मुनिको सुरुङ पनि निर्माण गरिएको थियो । दिल्लीमा आधारित आर्किटेक गौतम भाटिया भन्छन्,

“त्यो पूरै सकड क्षेत्र भारतीय प्रधानमन्त्रीको कब्जामा छ ।” सो ठाउँ र सम्पत्ति सबैभन्दा पहिले राजिब गान्धीले १९८४ मा चयन गरेका थिए । र त्यसै समय देखि यो सबै भारतीय प्रधानमन्त्रीको घर बनेको हो ।एसेन्जी

२०७८ जेष्ठ १७, सोमबार १६:०० 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।