२०७९ श्रावण ३१
  • काठमाडौँ

संक्रमणका कारण पत्रकार रविन्द्र गौतमको ३८ बर्षको अल्पायुमै निधन

पाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको कोरोना भाईरस संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएको छ । पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

कोराना संक्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृत्यु भएको हो । पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो ।

फोक्सोमा संक्रमण भईसकेका कारण आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि चरिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रिफर गरेको थियो । ३८ बर्षको अल्पायुमै निधन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् ।

पत्रकार गौतमकी श्रीमती पनि कोरोना संक्रमित भएर आईसोलेसनमा बसेर उपचार गराईरहेकी छिन् । स्वर्गीय पत्रकार गौतम दोलखावाट प्रसारण हुने रेडियो भीमेस्वरको स्टेशन मेनेजर र अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता हुन् । ताजाखाबर बाट

२०७८ जेष्ठ १६, आईतवार १२:११ 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।