२०७९ श्रावण ३१
  • काठमाडौँ

‘कुनैपनि विकल्प नभएपछि हामी झ्यालबाट हाम फाल्याैँ’

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु ।

हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी (डिल्ली रावत) चाँही कोभिड आईसियुको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाही पहिले देखि सिरियस नै हुनुहुन्थ्यो ।

त्यसको सम्पुर्ण जानकारी डाक्टरले गराइसक्नु भएको थियो कि तपाईको बिरामीको अवस्था गम्भिर छ । जे–जे जानकारी दिनुपर्ने हो, त्यो सबै दिइसक्नु भएको थियो । अनि अचानक बिरामीको अक्सिजन लेभल घट्यो र २०–३० सम्म पुग्यो

त्यसपछि हामीले भेन्टिलेटरमा राखेर अक्सिजन दिने योजना बनायौं । दुई जना बहिनीहरु पहिल्यै त्यहाँ थिए । मैले भेन्टिलेटर जोड्ने क्रममामानबहादुर रावतले मलाई भन्नुभयो – ‘कस्तो नर्स हो, भेन्टिलेटर जोड्न नआउने ।’

किनकी भेन्टिलेटरमा राख्ने वित्तिकै एकैचोटी अक्सिजन बढ्ने हुँदैन, समय लाग्छ । ‘कस्तो नर्स हो, कहाँदेखी पढेको हो ? लाईसेन्स खारेज गरिदिन्छु, जागिरबाट निकालिदिन्छु, यस्तो नर्सलाई यहाँ ल्याउने हो ? भेन्टिलेटर जोडेर मेरो बिरामी मार्न लागे ।’ भन्ने शब्द उहाँले निकाल्नु भयो ।

त्यसपछि हामीले उहाँलाई बाहिर पठायौं । त्यसपछि हामीले जे–जे औषधि दिनुपर्ने थियो, त्यो दियौं । बिरामीको मृत्यु भइसकेपछि निश्चित गर्नलाई ईसिजी गर्ने क्रममा एक जना हाम्रो स्टाफ सदिक्षालाई चाही ईसिजी गर्दा गर्दै १०/१५ जनाको समुहमा आएर घाँ टी अ*ठ्याएर मा-र्ने कोसिस गर्दाखेरी भाग्दै–भाग्दै आइसकेपछि हामीहरु सबैजना भागेर कोभिड आईसियुभित्र एउटा क्याविन छ, त्यहाँ क्याविनभित्र लुकेर बस्यौं ।

त्यहाँ पनि उहाँहरु सबै जना आएर ढोका फोड्नु भयो । ढोका फोडिसकेपछि भित्र जानु भयो । त्यसपछि हामी त्यहाँदेखी त्यहीतिर अट्याच ट्वाईलेट थियो, त्यहीनिर गएर लुक्ने कोसिस गर्दाखेरी उहाँहरु त्यहाँपनि आउनु भयो ।

त्यो ढोका पनि फोड्दाखेरी चाही हामीसँग कुनैपनि विकल्प नभएपछि झ्यालबाट हाम फा-ल्न बा-ध्य भयौं । त्यहाँदेखि भागेर हामी फेरि नयाँ भवन बनाएको छ, त्यहाँ लुकेर बस्यौं एक घण्टाजति । त्यहाँ बसेर हामी रोएका छौं, कराएका छौं ।

हामी चार जना स्टाफ नर्स र एक जना अनड्युटी डाक्टर हाम-फालेका हौं । हामीले अस्पताल प्रशासनलाई पहिले नै जानकारी गराइसकेका थियौं कि बिरामीको आफन्त एकदमै आ-क्रोशित हुनुहुन्छ, त्यही कारणले गर्दा हामीलाई प्रहरी पठाईदिनुस् भनेर भन्दा पनि उहाँहरुले प्रहरी नपठाईदिँदा यस्तो घटना भएको हो ।

चोट-पटक खुट्टामा लागेको छ । एक जना बहिनीको पनि खुट्टामा धेरै चो ट लागेर एक्सरे गर्न पठाएका छौं । गहिरो चो ट चाही छैन । हामीलाई पहिल्यै योजना बनाएको लागेको थियो । अवस्था यस्तो थियो की हामी कराउँदा पनि कोहीपनि बचाउन नआउने अवस्था थियो ।

स्रोत हिमालय दैनिकको सहयोग बाट

२०७८ जेष्ठ १५, शनिबार ००:५१ 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।