
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग ग`म्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका सम्वाददाताहरुसँग अन्तरक्रि`या गर्दै उनले वर्षौँदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन् ।
उनले महाका`ली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनी,तिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दै ती भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए ।
उनले भने, ‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाका`लीभन्दा उत्तरपूर्वको भनौँ । महाकाली पूर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशा`स`निक नक्सामा
सामेल गरेर पास गरेका छौँ र त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग ग`म्भी`रताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने वि`गत ५८ वर्ष देखि
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवा`दको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको नियन्त्रणमा छ र फिर्ता आएको छैन, तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन ।
मैले भने ५८ वर्ष देखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौ । त्यसमा संवा`द गरिरहेका छौँ ।’छिमेकीसँग केही कुरामा मतभेद वा ग`लत बुझाई हुनसक्ने भन्दै उनले सबै सम`स्याको समा`धान वार्तामार्फत् गरिने
भन्दै भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध भएकोमा आश्व`स्त तुल्याए । उनले कतिपयले आफुलाई भारतसँगको सम्बन्ध बि`गारेको र कतिपयले भारतको इसा`रामा काम गरिरहेको भन्ने आ`रोप लगाउने गरेको भन्दै उनले आपसमा वि`वादास्पद यी दुवै आरो`पहरू कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे । रातोपाटि बाट