२०७९ असार १८
  • काठमाडौँ

कतार,साउदी अरब,चीन, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान गर्न सिफारिस

निषेधाज्ञा लागू भएपछि वैशाख २३ गतेदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान फेरि खोल्नका लागि व्यवसायीहरुले माग गरेपछि प्राधिकरणले केही गन्तव्यमा खोल्न सकिने निष्कर्ष निकालेको हो।

हिमाल आरोहणका लागि नेपाल आएका विदेशी, वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि पनि चार्टर्ड उडानमा महंगो पर्ने भएकाले सिमित ठाउँमा सिमित उडानका लागि अनुमति दिन सकिने प्राधिकरणको निष्कर्ष छ।

प्राधिकरणले जेठ १८ गतेपछि उडान खोल्न सकिने बताएको छ। यद्यपी कोरोना संक्रमणको अवस्था र व्यवस्थापनको सम्भाव्यता हेरेर निर्णय लिनुपर्ने प्राधिकरणको धारणा छ। कतार,साउदी अरब,चीन, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान गर्न खोल्नका लागि सिफारिस गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

हाल भारतसँगमात्र हप्तामा दुई उडान भइरहेका छन्। एयर बबल सम्झौता अन्तर्गत भारतमा भएको जस्तै उडान अरु देशमा गर्न सकिने र त्यसमा नेपाल एयरलाइन्स र अर्को सम्बन्धित देशको एउटा एयरलाइन्सलाई अनुमति दिन सकिने प्राधिकरणले बताएको छ ।

यो पनि
छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदया’घातका कारण नि’धन भएको छ । विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति नि’धन भएको हो । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृ’त भेटिएका थिए । उनी विदा भएर घर फर्किने जहाजको प्रतिक्षामा थिए ।

कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृ’त्यु हृदयाघातका कारण भएको हो । उनको मृ’त्युको बारेमा कम्पनीका अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका छन् ।

दूतावास पुगी मृतकले पाउनुपर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य श’व पठाइने नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टले मध्यान्हलाई जानकारी दिएका छन् ।

२०७८ जेष्ठ १२, बुधबार १९:१७ 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।