२०७९ भाद्र १
  • काठमाडौँ

इतिहासमै पहिलोपटक यूरोपियन बने विश्वकै धनी व्यक्ति, अमेरिकी दबदबा भत्कियो

काठमाण्डौ । वर्षौदेखिको अमेरिकी दबदबालाई तोड्दै केही घण्टाका लागि भए पनि एक यूरोपीय फेसन टाइकुन तथा लगानीकर्ता विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

फोब्र्सका अनुसार फ्रान्सका फेसन टाइकून बर्नाड अर्नल्ट सोमबार बिहान विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।

हालसम्म विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा अमेरिकीहरुको मात्र दबदबा कायम थियो । अर्नल्ट विश्वकै सबैभन्दा धनी बन्ने पहिलो यूरोपियन नागरिक हुन् ।

अर्नल्टको कम्पनीको सेयरमूल्यमा आएको उछालसँगै सोमबार बिहान उनी विश्वकै धनी अर्बपति जेफ बेजोसभन्दा ३०० लाख डलर बढी सम्पत्तिसहित नम्बर वानमा पुगेका हुन् ।

अर्नल्टको कुल सम्पत्ति बढेर १८६.३ बिलियन डलर पुगेको थियो, जतिबेला बेजोसको कुल सम्पत्ति १८६ बिलियन डलर रहेको थियो । तेश्रो धनी व्यक्तिको सूचीमा टेस्लाका एलन मस्क रहेका छन्, जसको कुल सम्पत्ति १४७.३ बिलियन डलर रहेको छ ।

तर, अर्नल्टको सबैभन्दा धनीको ताज केही घण्टा मात्र टिक्यो । फोब्र्सको रियलटाइम बिलेनियर ट्याकरका अनुसार पुनः जेफ बेजोस १८८.३ बिलियन डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा उक्लिएका छन् । अर्नल्ट अहिले पनि १८७.३ बिलियन डलर सम्पत्तिसहित दोश्रो धनी व्यक्तिको रुपमा रहेका छन् ।

मार्च 2020 मा अर्नल्टको कुल सम्पत्ति ७६ बिलियन डलरमा सीमित थियो । तर, उनको कम्पनीको सेयरमा देखिएको लगातारको बढोत्तरीका कारण सोमबार बिहान सम्पत्ति बढेर १८६.३ बिलियन डलरको उचाई चुम्यो । यसरी हेर्दा १४ महिनाको अवधिमा अर्नल्टको सम्पत्ति ११० बिलियन डलरले बढेको देखिन्छ ।

लकडाउनका कारण उनको लक्जरी ग्रुप एलभीएमएच(लुइस भूइटोन मोएट हेनेसी)को प्रदर्शनमा उछाल आएपछि यस्तो अवस्था बनेको समाचारमा उल्लेख छ ।

एलभीएमएचको सेयरमूल्य सोमबारको पहिलो सत्रको कारोबार अवधिमा ०.४ प्रतिशतले बढ्यो, जसका कारण कम्पनीको कुल पूँजीकरण ३२० बिलियन डलर पुग्यो । सोमबार कारोबारको पहिलो सत्रमा कम्पनी चम्किँदा त्यसका संस्थापक अर्नल्टको सम्पत्ति पनि ६०० मिलियन डलरले बढेको थियो ।

लकडाउनको अवधिमा एलभीएमएच र अर्नल्टले यूरोपको लक्जरी र फेसन हाउजेजको क्षेत्रमा अपत्यारिलो फड्को मारे । यो कम्पनीले सन् २०२१ को पहिलो क्वार्टरमा मात्रै १७ बिलियन डलर बराबरको रेभेन्यू बनायो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतको बढोत्तरी हो । एसेन्जी

२०७८ जेष्ठ १२, बुधबार ०९:३६ 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।