२०७९ भाद्र १
  • काठमाडौँ

आत्महत्या गरेकी महिलाको शव अस्पतालमा अलपत्र, आफन्त सम्पर्कमा नआउँदा अनुसन्धानमा कठिनाइ

काठमाडौ-आत्महत्या गरेकी एक महिलाको शव अस्पतालमा अलपत्र अवस्थामा परेकोको छ । आफन्त सम्पर्कमा नआउँदा आत्महत्या गरेकी उदयपुर जिल्ला कटारी–३ (साबिक) बस्ने दुर्गाबहादुर राईको छोरी दिलकुमारी तामाङ (राई) को शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलपत्र परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार इनरुवा–३ स्थित कोठा भाडामा बसेकी दिलकुमारीको शव वैशाख ३१ गते झुण्डिएको अवस्थामा भेटिएको थियो ।

घरबेटीले दिएको सूचनाका आधारमा प्रहरीले उनको शव पोस्टमार्टमका लागि बिपी अस्पताल पठाएको थियो । तर उनको आत्महत्या किन भएको भन्नेबारे तथा आफन्तका बारेमा छर-छिमेक वा घरबेटीबाट पनि प्रहरीले जानकारी पाएन ।

कहीँकतैबाट उनका बारेमा सूचना नपाए पनि प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बिपीमा लगेको थियो । त्यसैगरी प्रहरीले आफन्तलाई उदयपुर प्रहरीमार्फत पत्राचारसमेत पठाउँदै अनुसन्धानसमेत थालेको थियो । तर अझैसम्म पनि आफन्त सम्पर्कमा नआएको डिएसपी कार्कीले जनाए ।

उनका अनुसार श्रीमानसँग सम्बन्ध नराम्रो भएपछि केही महिनादेखि दिलकुमारी अलग्गिएर बस्दै आएकी थिइन् । ‘अझै पनि उनको शव घोपा अस्पतालमै छ’, उनले केटिएम दैनिकसँग भने, ‘कोठामा भेटिएको नागरिकताको आधारमा ठेगानासम्म खुल्यो । सोही ठेगानामा पत्राचार गर्दा पनि परिवारजन अझै सम्पर्कमा आएका छैनन् ।’ उनका अनुसार अझैसम्म पनि उनको शव बिपीको शवगृहमै छ ।

उनको शव कोठामा सलको पासो लगाएर झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनलाई कसैले आत्महत्या गर्ने बाध्य बनाएको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् साथै प्रहरीले उनलाई र अभिभावक वा आफन्तलाई चिन्नुहुनेले उनीहरूलाई जानकारी गराई सहयोग गरिदिन अपीलसमेत गरेको छ ।

२०७८ जेष्ठ १०, सोमबार ०९:५१ 1 Minute 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।