२०७९ श्रावण ३१
  • काठमाडौँ

पन्ध्र महिनादेखि अष्ट्रेलिया गएकी छोरीको सुन्धाराको होटेलमा फेला पर्यो शव

काठमाण्डौं । काठमाण्डौँको सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको शव फेला परेको छ ।विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङ

मिति २०७८ जेठ ८ गते  होटलको  कोठामा रहेको शिलिङमा झुण्डीएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रवत्ता रमेश कुमार बस्नेतले बताए अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेकी हुन् ।

हाल उनको शवलाई अभिभावकको उपस्थितीमा पोष्ठमाटमका लागी पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा पोष्टमाटम पछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् । स्रोत : उमङ्ग खबर 

यो पनि पढ्नुहोस ! अष्ट्रेलियामा PR को सुविधामा कटौती!

अष्ट्रेलिया :  अ’ष्ट्रेलियामा रहेका आप्रवासीलाई सरकारले पिआर सुविधामा कटौती गर्ने भएको छ।अर्थमन्त्री जोस फ्राइ’डेनबर्गद्वारा मंगलबार सार्वजनिक गरिएको सरकारको पछिल्लो बजेट नीति अन्तर्गत नयाँ आप्रवासीले प्रायः सरकारी कल्याणकारी सहयोग पाउन अब चार वर्ष पर्खनुपर्ने भएको छ।

यसअघि यस्ता सहयोग र भुक्तानी पीआर प्राप्त गरेको मितिदेखिनै प्राप्त हुन्थ्यो। यो नीति सन् २०२२ को जनवरी १ देखि पीआर प्राप्त गर्ने मानिसहरूमा लागू हुनेछ।

आर्थिक वर्ष २०२१–२०२२ को सरकारी नीति तथा कार्यक्रममा मानिसको आय अनुसार बालबच्चा हुर्काउन प्रदान गरिने आर्थिक भुक्तानीदेखि अभिभावक बिदालगायतका भत्ताका लागि पनि नयाँ आप्रवासीहरूले अब थप समय पर्खनुपर्ने भएको हो।

यो सँगै आपतकालिन सहयोगका रूपमा रहेको जब सिकर, शैक्षिक भत्ता र युवा भत्ता पाउन पनि चार वर्ष पर्खनुपर्ने भएको छ ।यसरी नयाँ आप्रवासीहमाथिको उक्त सहयोग कटौती रकमबाट सरकारले पाँच वर्षको अवधिमा ६७१ मिलियन डलर बचत गर्ने अर्थमन्त्री फ्राइडेनबर्गले बताएका छन्।

तर यस कदमको विपक्षी दललगायतका केही संस्थाले विरोध जनाएका छन्।लिबरल सरकारका अर्थमन्त्रीले यस कार्यबाट राज्यलाई ठूलो रकम बचत हुने भएकाले यो कदम उठाइएको बताए ।एसेन्जी

२०७८ जेष्ठ १०, सोमबार ०७:५५ 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।