२०७९ श्रावण २६
  • काठमाडौँ

आफूले पाउने तलबबाट स्वास्थ्य सामाग्री खरिद गर्ने मेयर, जसले नगरपालिकामा स्थापना गरे २५ शैयाको आइसोलेशन सेन्टर

बागचौर । सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफूले पाउने तलब नगरपालिकाका लागि स्वास्थ्य सामाग्री खरिदमा लगाएका छन् ।

उनले नगरपालिकामा संचालित २५ शैयाको आइसोलेशन सेन्टरका लागि व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, ३ सय केएन नाइन्टी फाइभ मास्क र १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्डल स्ट्यान्ड ल्याएका हुन् ।

बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा ८ थान ठूला अक्सिजन सिलिन्डर आइसकेका छन् भने १२ वटा आउँदै गरेको बुढाथोकीले जानकारी दिए ।

उनले आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने उद्घोष गरेसँगै स्वास्थ्य स्वास्थ्य सामाग्री खरिद गरेका हुन् ।

यस अगाडि पनि मेयर बुढाथोकीले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गरेका थिए । अहिले खरिद गरिएको सामाग्री ६ लाख ६४ हजार बराबरको रहेको छ ।

मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत यस कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई उपलब्ध गराउने मेयर बुढाथोकीले बताएका छन् ।

बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ शैयाको आइसोलेशन सेन्टर सञ्चालन गरेको छ । आइसोलेसन सेन्टरमा १ जना मेडिकल अधिकृत, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्टाफ नर्स, ३ अनमी सहितको स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी सहितको टिम परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।रातोपाटी बाट साभार

२०७८ जेष्ठ ९, आईतवार १२:४८ 0 Minutes 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।