
हाम्रो टिम नेपालको नि:शुल्क अक्सिजन अभियानमा भिम उपाध्यायको अपिलमा १८ दिनमा ४० लाख ३१ हजार सहयोग जुटेको छ, उहाले सामाजिक संजाल फेसबुकमार्फत यो जानकारी गराऊनु भएको छ | उहाँ आफनो फेसबुकमा लेख्नु हुन्छ :
Hamro Team Nepal नेपालको निशुल्क अक्सिजन अभियानका लागि गत ५ मे मा गरिएको मेरो सहयोगको अपिललाई मनन गरेर आज यतिबेलासम्म १०३० जना दाताले रू ४० लाख ३१ हजार सहयोग गरिसक्नुभएको बैंक ट्रान्सफर स्टेटमेन्टको कपी मलाई पठाउनु भएको छ।
सबै दाताको नाम र रकम मैले पोष्ट गरिसकेको छु। केही छुटेका हुन सक्छन्, खबर गरिदिनुहोला। सहयोग दाताहरू निरन्तर बढ्दैछन्। तपाईका उदारतापूर्वक गरिएको सहयोग रकमको ठोस र दिगो सदुपयोग गरिने छ। नमन 🙏सबै मनकारीहरूमा! इशा गुरुङSunita GurungJanaki Pant JoonKumud PantBimal PantUmesh Bohara
यो पनि पढ्नुहोस् : लोडसेडिङ हटाएका कुलमान घिसिङ्गले पहिलोपटक नेपालमा कोरोना बढ्नुको भित्रि कारण सहित बोले (लेख सहित)
केही हप्तादेखि नेपाल कोरोनाभाइरसको दोस्रो लहरबाट आक्रान्त छ । दोस्रो लहर भुसको आगो जस्तै समुदायस्तरमा फैलिइसकेपछि शुरूमा अस्पतालहरूमा बेडको अभाव र त्यसपछि अक्सिजनको अभावले कोरोना संक्रमितहरू सहित आम जनता प्रताडित भएका छन् ।
प्राणवायुको रूपमा रहेको अक्सिजनको जोहो गर्न नसक्दा कैयौंले दुखद् मृ’त्युवरण गर्नु परेको छ । काठमाडौं लगायत देशका विभिन्न अस्पताल कोरोनाका बिरामीहरूले खचाखच भरिएका छन् । अक्सिजन उद्योगहरूमा अक्जिसनका सिलिण्डर लिएर कोरोना संक्रमितहरूका आफन्तहरू भौंतारिंदै गरेको हृदयविदारक दृश्य देखिन्छ ।
डाक्टर, नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्तिहरू आफ्नो ज्यानको बाजी लगाएर युद्ध मैदानको अग्रपंक्तिमा रहेर रात दिन खटिरहेका छन् । वास्तवमा नेपालको आजको वास्तविक हिरोहरू स्वास्थ्यकर्मी साथीहरू नै हुन् ।
उहाँहरूको जति नै तारिफ गरे पनि पुग्दैन । सामाजिक अभियन्ताहरू त्यतिकै लागेका छन् । कसैले अक्सिजन त कसैले खानाको जोहो गरी आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । महामारीको यो कहालीलाग्दो अवस्थामा मानवसेवामा आफ्नो ज्यानको बाजी राखी निरन्तर लागिरहनुभएका सबैलाई नमन ।
साथै कोरोना संक्रमणका कारण ज्यान गुमाउनुहुने सबैलाई श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना र संक्रमित भई उपचाररत महानुभावहरू सबैमा शीघ्र स्वास्थ्य लाभको कामना । चीनको बुहानबाट शुरू भएको भनिएको भाइरसले विश्वका करीब ३५ लाख मानिसको ज्यान लिइसकेको छ ।
छिमेकी देशबाट शुरू भएको भाइरस विश्वभरि फैलिंदै आज दोस्रो वेभको रूपमा छिमेकी भारत लगायत धेरै देश नराम्ररी प्रभावित भएका छन् । विभिन्न देशले कोरोनालाई काबुमा राख्न आ–आफ्नै खालका विशिष्ट क्षमता प्रदर्शन गरे ।
चीनले लकडाउनको साथसाथै टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अगाडि बढायो । हरेक निर्णयको कार्यान्वयन समयमा र प्रभावकारी रूपमा भयो । व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनका केही मिल्दाजुल्दा पक्ष छन् ।