२०७९ असार १४
  • काठमाडौँ

जनता -भन्छन् नेता होस् त पौडेल जस्तो कांग्रेस नेता पौडेलको सक्रियतामा तीन सय क्षमताको कोभिड अस्पताल सञ्चालन

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा कोभिड संक्रमितको आपतकालीन उपचारका लागि तीन सय क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

कोभिड संक्रमितको संख्या बढ्दै जान थाले पछि पौडेलले सामाजिक सञ्जालमा कोभिड अस्पताल सञ्चालन गर्ने अभियानमा सघाउनका लागि अपिल गरेका थिए । बिहिबारबाट सञ्चालनमा आएको अस्पतालमा तीन सय कोभिड संक्रमितको उपचार हुने बताइएको छ ।

अस्पतालमा ४० आईसीयु तथा तीन सय शैय्याको बेड छ । तत्काल अक्सिजन दिनु पर्ने बिरामीलाई अस्पतालले सेवा दिनेछ ।अस्पताललाई सर्वांग अस्पतालले प्राविधिक तथा नेपाल चार्टड एकाउण्ट एसोसिएसनले प्राविधिक सहयोग गरिरहेको छ ।

‘कोभिड संक्रमणका कारण बिरामीले उपचार नपाउने अवस्था देखिन थाले पछि तत्काल यस्तो अस्पताल सञ्चालन गर्नुपर्छ भनेर थालेका हौं,’ उनले भने । पौडेलले गृह जिल्ला तनहुँको बेलचौतारास्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा आवश्यक उपकरणका लागि समेत आफूले पहल गरेको बताए ।

‘तनहुँमा पनि आवश्यकताअनुसार चाहिने मेडिकल सामग्री आपूर्तिका लागि पहल गरिरहेको छु,’ केन्द्रीय सदस्य पौडेलले भने,‘जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वासका लागि केही सहयोग पठाइएको छ । अन्त पनि पहल गर्दैछौं ।’स्रोत दमौली न्युज

२०७८ जेष्ठ ७, शुक्रबार १७:०२ 0 Minutes 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार