२०७९ भाद्र १
  • काठमाडौँ

अर्बपति नासु गुप्ताको भ्रष्टाचार शृंखलाः गाडी चढ्छन् डेढ करोडको, ८ महिनामा साढे ४ करोड कमाई

सरकारी जागिर खाएर भन्ने नै हो भने महिना दिन पनि चलाउन गाह्रो छ । अझ विशेष गरि त सामान्य पदमा भएकोलाई धेरै नै गाह्रो छ ।

तर, एक यस्तो व्यक्ती छन् जो नायब सुब्बा पदमा रहेर पनि कुल १४ करोड ८९ लाख २३ रुपैयाँ आयभन्दा बढी आर्जन गरेको अनुसन्धानमा देखिएपछि उनीबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवारबाहेकका अन्य व्यक्तिका नाममा झन्डै पाँच करोड २८ लाखको घर, ४० लाखको गाडी, झन्डै तीन करोड बैंक मौज्दात आदि ।

यो कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान लगाउन सकिन्छ । तर, यो एकजना नायब सुब्बा (नासु)को सम्पत्ति हो । त्यो पनि सरकारी सेवामा प्रवेश गरेदेखि आर्जित सम्पत्ति ।

औसत बेतन रहेको साधारण निजामती कर्मचारीलाई घरखर्च व्यवस्थापन गर्न पनि मुस्किल छ । गुप्ताका छोरा रकी र विक्की समेत श्रीमती र अन्य नातेदारसमेत ९ जनाका बिरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

गुप्ताले भ्रष्टाचारबाट आर्जित सम्पत्ति नातेदारको नाममा समेत लुकाएको अनुसन्धानमा खुलेपछि नातेदारबिरुद्ध पनि मुद्दा दायर गरेको आयोगले जनाएको छ । २०४७ असार २७ मा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुूदै,

मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत गुप्ताको सार्वजनिक सेवा प्रवेशदेखि आ.व. २०७५÷७६ सम्मको अवधिलाई जाूच अवधि लिएर अनुसन्धान गरेको थियो । मदन गुप्ता र उनका छोराको बैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ अनुसन्धानका क्रममा देखिएको थियो ।

सधैं पर्सा र सिमरा मालपोतमा कसरी ?

निजामती सेवा ऐनमा प्रत्येक २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । आवधिक सरुवाको प्रावधान सुशासनका लागि पनि राखिएको हो । तर उनी करीब २५ बर्षदेखि पर्सा, बारा र रौतहट मालपोत कार्यालयमा मात्र कार्यरत छन् । सामान्य प्रशासन मन्त्रालयबाट उनको सरुवा २÷२ बर्षमा हुनुपर्नेमा ८ बर्षसम्म पनि हुूदैनथ्यो । गुप्ता ८ वर्ष वीरगञ्ज मालपोतमा काम गरेपछि नायब सुब्बा पदमा सिमरा मालपोतमा पुगेका थिए ।

सिमरामा कार्यालय प्रमुखकै रुपमा उनी कार्यरत थिए । सिमरा मालपोत कार्यालयको प्रमुखमा दरबन्दी उपसचिवको हो । तर नायबसुब्बा गुप्ताले भूमिब्यवस्थापन विभागका तत्कालीन महानिर्देशकहरू जीतबहादुर थापा, शत्रुघनप्रसाद पुडासैनी, रोहित भट्टराई, मुक्ति आचार्यसम्मलाई घुस बुझाएर कार्यालय प्रमुख रहँदैआएका थिए ।

२०७५ सम्म गुप्ता नै सिमरा मालपोतको कामु प्रमृुख थिए । र, कार्यालय प्रमुखले पाउने गाडीदेखि सबै अधिकार समेत उनलाई दिइएको थियो । निजामती सेवा ऐनबिपरीत नासुलाई कार्यालय प्रमुख दिने महानिर्देशकहरूलाई पनि अख्तियारले कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

सामान्य आर्थिक अवस्थाका गुप्ताले करोडांैं सम्पत्ति आार्जन गर्दा पनि भ्रष्टाचार गर्न छाडेनन्, उनले राजस्व रसिद नै कीर्ते छापेर सरकारी कोषमा जाने रकम समेत घोटाला गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

डिल्लीबजार मालपोतमा १० बर्ष कार्यरत अरबपति नासु लक्ष्मण भट्टराईले नक्कली जग्गाधनी खडा गरी बेजिल्लाको जग्गा रजिष्टूेसन पास गर्नसमेत पछि परेनन् । चावहिल मालपोतमा ८ बर्षदेखि कार्यरत लक्ष्मण बस्नेत अर्का अरबपति नासु हुन् । गुप्ता, भट्टराई र बस्नेत निजामती सेवा ऐन अनुसार आवधिक सरुवा नगरेका कारण जन्मिएका पात्र हुन् । ऐनअनुसार आवधिक सरुवा नगर्ने हो भने यस्ता पात्रहरू जन्मिदै जानेछन्!

डेढ करोडको गाडी चढ्ने नासु
नासु गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार रुपैयाँ, परिवारका सदस्यहका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ, पुूजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६० रुपैयाँ, सवारी ,

साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेशनरी र गायत्री निशान अटो कर्प प्रा.लि र नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरूमा ७१ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानका क्रममा देखिएको थियो । अरु सापटी दिएको ४३ लाख ५ रुपैयाँ, पारिवारिक लालन पालन लगायतका अतिरिक्त खर्च (शैक्षिक खर्च, सुन चाूदी खरिद विद्युतीय उपकरण), छोरा विक्कि गुप्ताको विवाह लगायतमा ६१ लाख खर्च गरेको देखिएको थियो ।

यसैगरी गुप्ताले परिवारका सदस्यहरू बाहेकका अन्य व्यक्तिहरू कविता कुमारी र राजेशकुमार गुप्ता र इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरूमा ५ करोड, २७ लाख ८९ हजार ५ सय, परिवारका सदस्य बाहेकका अन्य व्यक्ति निरजकुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा ४० लाख,

परिवारका सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान टूेडर्स ंं(पेट्रोल पम्प) मा लगानी ४० लाख लगानी गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।
नासु गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरूमा देखिएको मौज्दात २ करोड ८५ लाख २८ हजार ८ सय ९२ रुपैयाँ समेत गरी जम्मा १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको थियो । उनको र छोरा रक्कीको गरी वैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँमात्र देखिएको थियो ।

स्रोतका अनुसार उनले धेरै सम्पत्ति भारतमा आफन्तको नाममा लुकाएका छन् । अख्तियारले छानबिन गरेपछि उनी भारतस्थित ससुरालीमा गएर लुकेको र नेपालमा रहेको सम्पत्ति पनि उतै लगेको आशंका गरिएको छ ।

नासु गुप्ताका बारेमा भूमि ब्यवस्थापन विभागमा धेरै उजुरी परेपछि विभागले २०७५ चैत १४ मै उनी र उनको परिवारका ९ जनाको सम्पत्ति रोक्का गर्न सबै मालपोत कार्यालयका नाममा पत्र काटेको थियो । त्यसपछि नै उनले सम्पत्ति भारततिर भूमिगत भएका थिए । स्रोत कर्मचारी न्युज

२०७८ जेष्ठ ६, बिहीबार १६:१२ 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।