२०७९ असार १५
  • काठमाडौँ

जब उनी पुरस्कृत भएपछि दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो।

तस्बिर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए,!

,तत्कालीन समयमा “The vulture and the little girl “नाम दिइएको यो तस्बिरमा एक गिद्ध चरम् भोकले तड्पिएर मर्नै आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ।

उक्त फोटोबापत उनले पुलित्जर पुरस्कार पनि पाएका थिए
तर कार्टरले उक्त फोटो खिचेको केही महिनापछि नै ३३ वर्षको उमेरमा आत्माहत्या गरेका थिए।

किन गरे आ,त्मह,त्या?
जब उनी पुरस्कृत भएपछि दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो।

यसै प्रख्यातिका माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो – “त्यसपछि त्यो बालिकाको के भयो ?” उनले जवाफ फर्काए- म त्यहाँ रोकिएन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो।”

उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनीतर्फ इंगित गर्दै भने- “म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए,जसमध्ये एकको हातमा क्यामेरा थियो।”

फोटो पत्रकार केविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि उनी अवसादमा पुगे र अन्तमा आ,त्मा,ह,त्या गरे त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नुभन्दा पहिले मानवता जगाउनु पर्दछ।

ती ,बालिका र कार्टर आज पनि जीवित रहन्थे यदि उनले ती बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टरसम्म पुर्याईदिएको भए,जहाँ पुग्नको लागि बच्ची कोशिस गरिरहेकी थिईन!

त्यस्तै अचेल सामाजिक सजाल, युटुब हरुमा गरिब,दुखी,बिमारी घाईते लगायतका फोटो तथा भिडियो खिचेर सामाजिक संजालहरुमा वाहवाही हुनकै लागि अपलोड गर्ने गरिन्छ। सहयोगको पुकारका लागी अनेकन उपायहरु अपनाएको देखिन्छ।

एकहिसावमा भन्ने हो भने मान्छेका दुख,गरिबी, भोकमरि,अभाव,पिडाहरुलाई सस्तो मजाक बनाईएको छ।। कमाइ खाने भाँडो बनाइएको छ ।।

त्यस्ता फोटो, भिडियो युटुब संजालतिर पोस्ट्याउनु भन्दा सर्वप्रथम आफुले समेत मानवीय धर्म निर्वाह गरौं!एसेन्जी

२०७८ जेष्ठ ५, बुधबार २०:०७ 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार