२०७९ भाद्र १
  • काठमाडौँ

अक्सिजनका लागि नाजिरले गरे लाखौं सहयोग

काठमाडौंँ । अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् ।

संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।

योपनि पढ्नुहोस्
पश्चिमा राष्ट्रहरुमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मानिसहरु हिच्किचाइरहेको बेला चीनमा भने खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ । नेशनल हेल्थ कमिसनका अनुसार चीनमा ४० करोड डोज खोप लगाइसकिएको छ । यो अमेरिका, बेलायत र जर्मनीको संख्या जोडेर पनि धेरै हो ।

यो तथ्यांकले १.४ अर्ब जनसंख्या रहेको चीनका आधा जनसंख्यालाई पनि अझै खोप लगाउन बाँकी रहेको देखाए पनि पछिल्ला दिनमा खोप अभियान निकै तीव्र गतिमा बढिरहेको पाइएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार गत मार्च २७ मा १० करोड डोज खोप लगाइसकिएको थियो । यो संख्या दोब्बर हुन मात्र २६ दिन लाग्यो भने त्यसको १७ दिनपछि खोप लगाउनेको संख्या ३० करोड पुगेको थियो । अहिले मात्र ९ दिनको अन्तरमा थप १० करोड डोज खोप लगाइएको छ ।एसेन्जी

२०७८ जेष्ठ ५, बुधबार ०९:२४ 0 Minutes 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।