२०७९ भाद्र १
  • काठमाडौँ

यि हुन् भ्रष्ट्राचारका मुख्य याेजनाकार: जसले थप १२ लाख समेत झ्वाम पार्ने तयारी गरेका थिए

जेठ ४, सल्यान-स्वास्थ्य कार्यालय सल्यानमा भ्रष्ट्राचारले सिमा नाघेकाे छ । कर्मचारी र ठेकेदारकाे मिलेमताेमा ३/४ लाखसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाइ कार्यालयले ३८ लाख ९९ हजारमा खरिद गरेपछि अहिले सल्यानमा यसले हंगामा मच्याएकाे छ ।

यतिसम्म कि सुरुमा स्वास्थ्य सेवा कार्यालयका कर्मचारीले अक्सिजन कन्सन्ट्रेटरलाइ अक्सिजन प्लान्ट भनेर झुक्याउनुसम्म झुक्याए । उनिहरुले अक्सिजन प्लान्ट नै खरिद गर्ने भनेर कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयबाट ४० लाख बजेट निकासा गरेका थिए ।

त्यसपछि जुन बजेटलाइ स्वास्थ्य सेवा कार्यालय सल्यानले १३ पुस ०७७ मा आर्थिक अभियान पत्रिकामा अक्सिजन प्लान्ट खरिदका लागि ७ दिने सुचना प्रकाशन गरेकाे थियाे । सुचना पछ्यात ३ वटा कम्पनिले काेटेशन हालेकाे मध्ये ड्राइगण मेडिटेक प्रालि सुर्खेतलाइ ठेक्का पर्याे ।

त्यसपछि ड्राइगण मेडिटेक प्रालि सुर्खेतसँग ४० लाखकाे बजेटमा ३८ लाख ९९ हजारमा सम्झाैता गरेर दुइ हप्ता अघि मात्रै मेसिन भित्रियाे । शनिबार मात्रै प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइ र शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले याे मेसिनकाे उद्घाटन गरेका थिए ।

यीनिहरुलाइ यतिसम्म झुक्याइयाे कि अक्सिजन कन्सन्ट्रेटरलाइ अक्सिजन प्लान्ट नै भनियाे । तर पछि याे प्लान्ट नभएर कन्सन्ट्रेटर भएकाे पुष्टि हुन पुग्याे ।

जसलाइ अनलाइन सामान सप्लाइ गर्ने चाइनिज कम्पनी अलिबाबाले उक्त अक्सिजन कन्सन्ट्रेटर २१ सय डलर देखि २४ सय डलरसम्म पर्ने उल्लेख गरिएकाे छ । जुन नेपाली रुपैयाँ २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्छ ।

 भ्रष्टाचारका मुख्य याेजनाकारहरु
स्वास्थ्य सेवा कार्यालय सल्यानकाे प्रमुखमा दशरथ श्रेष्ठ छन् । त्यसैगरी खरिद समितिकाे संयाेजकमा तारा रिजाल छन् भने सदस्यमा रिखाराम पुन, लबविक्रम शाह लगाएतका ५ जना छन् । पुन काेराेना फाेकल प्रसन हुन् भने शाह लेखापाल हुन् ।

अहिले स्वास्थ्य कार्यालय सल्यानमा हरेक सामान खरिदमा रिजा, पुन र शाहकाे हाबी छ भने कार्यालय प्रमुखकाे रुपमा श्रेष्ठ पनि मुछिएका छन् । अक्सिजन प्लान्ट भनिएकाे अक्सिजन कन्सन्ट्रेटर खरिदमा पनि यीनिहरुकै भुमिका थियाे ।

अक्सिजन प्लान्ट खरिद गर्दा बायोमेडिकल इन्जिनियरकाे कुनै सहयाेग नलिएर यिनै कर्मचारीले खरिद गरेकाे देखिन्छ । उक्त अक्सिजन कन्सन्ट्रेटरको स्पेसिफेकेशनको लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका राकेश कुमार साहले बायोमेडिकल इञ्जिनियरको भुमिकामा काम गरेका थिए ।

‘मलाइ उहाँले सिंगल फेज लाइनबाट चल्ने र पाइपबाट बिरामीकाे बेडमा अक्सिजन पुग्ने खालकाे मेसिनकाे स्पेसिफेकेशन गराइदन भन्नुभयाे, मैले त्यहि अनुसारले स्पेसिफेकेशन गराएकाे हुँ । फेरि पत्रिकामा प्लान्ट भनेर विज्ञापन गर्नुभएकाे रहेछ । त्यसबाहेक मलाइ कुनै जानकारी दिइएन् । मैले अहिलेसम्म मेसिन हेरेकाे छैन् । यसमा सबै उहाँहरुकै दाेष छ ।’

तर यता स्वास्थ्य कार्यालय सल्यानका यिनै कर्मचारीले भने याे बारेमा आफुहरुलाइ केहि ज्ञान नभएकाे भन्दै दाेष बायाेमेडिकल इन्जिनियर र ठेक्का लिएकाे कम्पनीलाइ लगाएका थिए ।

उता ठेक्का लिएकाे ड्रागन मेडिकल प्रालि सुर्खेतका संचालक गगन शाहीले स्वास्थ्य कार्यालय सल्यानले जे सामान मगाएकाे थियाे आफुले त्यहि सामान दिएकाे बताए । लेकाली अनलाइनसँग कुा गर्दै उनले भने, ‘माग गरेकाे मेसिनभन्दा फरक मेसिन पठायाे भनेर उहाँहरुले मलाइ लगाउनु भएकाे आराेप गलत हाे । उहाँहरुले जे मेसिन माग्नुभएकाे हाे मैले त्यहि मेसिन पठाएकाे हुँ ।’

मुल्यकाे विषयमा भने उनले भ्याट बाहेक ३४ लाख परेकाे भन्दै कर्मचारी र आफ्नाे बचाउँ गरेका छन् । कर्मचारीले मगाएकै मेसिन पठाएकाे र मुल्य पनि सहि भएकाे उनकाे तर्कले यसमा कर्मचारी र कम्पनिकाे मिलेमताे प्रष्टसँग देखिन्छ ।

थप १२ लाख समेत कामै नगरेर झ्वाम पार्ने तयारी थियाे

४० लाख बजेटकाे अक्सिजन प्लान्ट आइसकेपछि करिब दुइ हप्तासम्म यसलाइ जिल्ला अस्पताल सल्यानमा छाेपेरे राखिएकाे थियाे । काेराेना महामारीकाे समयमा छिटाे संचालनमा ल्याउनुपर्याे भन्नेमा सबैले ताकेता गरेपछि स्वास्थ्य कार्यालयले पाइपलाइन र जडानका लागि थप बजेट चाहिने बताएकाे थियाे ।

त्यसपछि जिल्ला काेभिड- १९ व्यवस्थापन केन्द्रले तत्काल कुनै ठेक्का नगरेर सिधै खरिद गरि काम गर्न सक्ने निर्णय गरेकाे थियाे । जसका लागि १८ लाख बजेट प्रदेश सरकारबाट छुट्याइएकाे थियाे । जुन बजेटले पाइप खरिद तथा जडान गरिएकाे स्वास्थ्य कार्यालयका लेखापाल लबविक्रम शाह बताउँछन् । जुन काम नेप टेक मेडिकल काठमाडाैंले गरेकाे उनले बताएका थिए ।

तर याे काम ठेक्का लिएकाे ड्रागन मेडिकल प्रालिले गरेकाे संचालक गगन शाही बताउँछन् । उनले सबै काम निशुल्क समेत गरेकाे बताए । ‘उनले भने मैले मेरा प्राविधिक पठाएर याे काम निशुल्क गरिदिएकाे हुँ । कन्सन्ट्रेटर बाहेक पाइपलाइ सहित अन्य सामान पनि निशुल्क दिएकाे हुँ ।’

यदि यी सबै कुरा बाहिर नआएकाे भए १८ लाख मध्ये १२ पाइप खरिद, जडानमा खर्च भएकाे भन्दै अर्काे कम्पनिकाे नाममा स्वास्थ्य कार्यालयले भुक्तानी गर्ने तयारी गरेकाे थियाे । अक्सिजन प्लान्ट भनेर ३८ लाख ९९ हजार र पाइप तथा जडानमा १२ लाख गरेर ५१ लख रुपैयाँ खर्च भएकाे मेसिन जडानपछि स्वास्थ्य कार्यालय सल्यानले पत्रकारहरुलाइ जानकारी दिएकाे थियाे ।

अहिले भुक्तानी नभएकाे र केहि नबिग्रिएकाे भन्दै यी कर्मचारीहरु पन्छिन खाेजेका छन् । यतिसम्म कि अक्सिजन मेसिन जडान भएपछि केहिले याे प्लान्ट नभएर अक्सिजन कन्सन्ट्रेटर भएकाे भन्दै सामाजिक संजालमा राख्न थालेपछि यिनै कर्मचारीले ‘नाम जे भएपनि काम अक्सिजन दिने हाे, महामारीकाे समयमा जनता बचाउन तिर लागाैं नाममा विवाद नगराैं’ भन्दै कमेन्ट समेत लेख्न भ्याएका थिए । लेकाली अनलाइन बाट

२०७८ जेष्ठ ४, मंगलवार १२:११ 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।