२०७९ श्रावण २६
  • काठमाडौँ

आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न विनोद चाैधरीले १० करोड रुपैयाँ खर्चिने

काठमाडौ -चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा काम गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने चौधरी फाउण्डेसनले जनाएको छ । यससम्बन्धी सहमतिमा एक-दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउण्डेसनबीच हस्ताक्षर हुने जनाइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने प्रतिबद्वता जनाएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ । यसले एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डर अक्सिजन भर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

`तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध छौँ । यी कन्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन्,´ फाउण्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७८ जेष्ठ २, आईतवार १६:१४ 1 Minute 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।