
काठमाडौं । सप्तरी ४ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका तेजुलाल चोधरीले आज हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीसंग अक्सिजनको सिलिण्डर सहयोग मागेर फोन गरेका छन् ।
देशभर अक्सिजनको कमी हुन थालेपछि सांसद चौधरीले ज्ञानेन्द्र शाहीलाई फोन गरेर अक्सिजन सिलिण्डरको लागि आग्रह गरेका हुन् । ज्ञानेन्द्र शाहीलाई फोन गरेर सांसद चौधरीले कत्तै अक्सिजन नपाएकोले उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
ज्ञानेन्द्र शाहीले सांसद चौधरीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । शाहीले सांसदलाई सोधे, “तपाईहरुको आपूर्ति मन्त्रीले केही सहयोग गर्नुभएन ?” सांसदले भने, “आपूर्ति मन्त्रीले मेरो फोन उठाउनु भएन त्यही भएर तपाईलाई फोन गरेको हुँ । सहयोग गरिदिन पर्यो ज्ञानेन्द्र जी ।”
सांसद चौधरीले स्वास्थ्यमन्त्रीसंग चाहिं कुरा भएको तर त्यताबाट कुनै सहयोग नपाएकोले ज्ञानेन्द्र शाहीसंग सहयोग मागेको बताएका हुन् । ज्ञानेन्द्र शाहीसंग लिएर अक्सिजन आफ्नो छेत्रमा लाग्ने तयारी गरिरहेको बताएका छन् । ज्ञानेन्द्र शाहीले उपलब्ध गराएपछि अक्सिजन सिलिण्डर सप्तरी लाने तयारी गरेका छन् ।
चीनबाट आएको अक्सिजन आफूहरुले नपाएको सांसद चौधरीले उल्लेख गरेका छन् । आफूहरु सत्ता पक्षमा नभएकोले गर्दा सरकारले सहयोग नगरेको उल्लेख गरेका छन् सांसद चौधरीले ।
ज्ञानेन्द्र शाही अहिले जनताको दुख पिडामा मलम लगाउन दिनरात खटिएका छन् । कसैलाई अक्सिजन त कसैलाई एम्बुलेन्स उपलब्ध गराउन ज्ञानेन्द्र शाहीले सहयोग गरिरहेका छन् । सरकार सुतेको भए पनि आफू जनताको लागि सकेसम्म सहयोग गर्ने वाचा शाहीले गरेका छन् ।स्रोत क्यानाडानेपाल बाट