२०७९ असार १५
  • काठमाडौँ

हामी तपाईं संग “नागरिक काे जीवन वचाउ कार्यक्रम” संचालन मा अाउदैछ ! हेर्नुहोस् कसरी गर्ने ?

काठमाडौं -हाम्राे नेपाल हामी नेपाली, अभियान काे मुल एजेन्डा नि:शुल्क स्वास्थलाई ध्यानमा राखि विश्व काेराेना महामारीकाे चपेटामा परेकाे वेला पछिल्लो समय नेपालमा दैनिक १३९ जना र बढी प्रभावित जिल्लामा १२ घण्टामा १२ जना काे मृत्यु दाेश्राे चरणकाे काेरना वाट हुने गरेकाे छ ।

`याे तथ्यांकलाई अाधार मान्ने हाे भने नेपाली जनताकाे पनि छिमेकी मुलुक भारतकाे जस्ताे हालत हुन सक्ने संभावना वढ्दै गएकाेले याे दाेश्राे चरणकाे काेराेना महामारीवाट नेपाली नागरिकहरु असुरक्षित भएका छन ।

सरकारले देशभर लकडाउन गरेर अाैपचारीकता पूरा गर्ने काम वाहेक अरु केही गरेकाे छैन ।काेराेना महामारी का विषयमा पनि सरकार जनताप्रति जिम्मेवार भएकाे छैन । वरु सत्ता र सरकारकाे खेलमा ठुला राजनीतिक दलका नेताहरु मरिहत्ते गरिरहेका छन् ।

काेभिडवाट संक्रमित जनताहरु अस्पतालमा अाईसाेलेसन, अक्सिजन, अाैषधि र वेडकाे अभाव मृत्युसंग लडिरेहका छन । राष्ट्र सेवक डक्टर, स्वास्थ्यकर्मी र सुरक्षा निकाएका सेना ,प्रहरी र कर्मचारीहरु पनि असुरक्षित र अातंकित छन् ।

यस्तो वेला सर्वसाधारण जनतालमई एकातिर राेग र अर्काेतिर भाेगले मर्ने अवस्था अाएकाे छ । सबै तहका सरकार वेखबर छन् । जनताले राहत र सहयाेगकाे अपेक्षा गरेकाे वेला सुतिरहेकाे सरकारलाई विउझाउन,

स्थानीय देखि केन्द्रीय सरकारलाई खबरदारी गर्न, दवाव सृजना गर्नका सराेकारवाला निकायसंग समन्वय र सहकार्य गरेर अघि वढ्नका लागि हाम्रो नेपाल हामी नेपाली, अभियानले अाम नागरिक लाई फाेन, अनलाइन , भिडियाे कन्फ्रेन्स र,

,अावश्यकता हेरि भाैतिक उपस्थिति भएर महामारीको समय मा अा अाफ्नाे क्षेत्रका सर्वसाधारण लाई सहयाेग गर्ने उद्धेश्यले ७७ वटै जिल्लामा संचालन गर्ने गरि ” नागरिक काे जीवन वचाउ कार्यक्रम” काे अवधारणा अघि सारेकाे छ ।

याे कार्यक्रम २०७८ वैशाख २९ गते सुदुर पश्चिम काे दार्चुला जिल्ला वाट अाैपचारिक शुरु गरिनेछ । भने क्रमश: पश्चिम वाट पुर्व र तराईवाट हिमाली जिल्ला मा निरन्तर संचालन हुनेछ ।

परिकल्पना:
काेराेना भाईरसकाे महामारी वा अन्य गम्भीर स्वास्थ समस्याका र विशेष परिवेश का कारण जीवन रक्षाकाे माग गर्ने जुनसुकै नेपाली नागरिकलाई सक्दाे सहयाेग निरन्तर गरिनेछ ।।

लक्ष्य:
काेराेना महामारी वाट संक्रमित भएर वा अन्य समस्यामा परि जीवन रक्षाकाे माग गरेका व्यक्ति, परिवार, समुदाय र क्षेत्रलाई अभियान काे तर्फबाट सहयाेग गर्ने, गराउने ।।
उद्धेश्य:
१. अा अाफ्नाे क्षेत्रमा काेराेना भाईरस लागेकाे लक्षण देखा परेकालाई स्वास्थ्य केन्द्र वा अस्पताल सम्म पुर्याउन मद्दत गर्ने,

२.काेराेना भाईरसवाट संक्रमित पुष्टि भएकाहरुकाे अवस्था वारे सराेकारवाला निकायसंग समन्वय गरेर संचारका माध्यमवाट जानकारी अादान प्रदान गर्ने,
३. गम्भीर अवस्थाका विरामिहरुलाई अाईसाेलेन, वेड, रिफर र एम्बुलेन्स काे व्यवस्था गर्ने, गराउने,

४. अार्थिक अवस्था कमजोर भई उपचारमा समस्या देखा परे सम्बन्धित वडा, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार वा सरकारी निकायवाट अार्थिक सहयाेग गर्न पहल चाल्ने,५. काेभिड अस्पताल, क्वारेन्टाइन, अाईसाेलेसन, लास व्यवस्थापन, विरामिकाे अवस्था वारे देखा परेका समस्यालाई सार्वजनिक गर्ने,

६. वैेेदेशिक राेजगारीमा गएका काेराेना संक्रमित वा अन्य समस्या परेकालाई जीवन वचाउन सम्बन्धित मुलुकका अभियान्ताकाे सहयाेगमा स्वदेश फर्काउन पहल गर्ने र सक्दाे सहयाेग गर्ने,गराउने ।
रणनीतिः

१. केन्द्र देखि स्थानीय स्तर सम्म अभियान्ताहरु परिचालित गर्ने,
२. विरामी वा संक्रमित वा समस्या मा परेकाहरुकाे जानकारी र व्यक्तगत विवरण सम्बन्धित क्षेत्रका अभियान्ताले लिएर कार्यक्रम का जिम्मेवार अभियान्तालाई बुझाउने ।

३. हरेक क्षेत्रका जिम्मेवार अभियान्ताले अा अाफ्नाे क्षेत्रमा अाफ्नै पहलमा सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी , काेभिड अस्पतालका प्रमुख, स्वास्थ्यकर्मी, मिडियाकर्मी, जनप्रतिनिधि, संसद, पाटीका नेता कार्यकर्ता र समाजसेवि वा वुद्धिजिविहरु संग समन्वय र सहकार्य गरेर नागरिक काे जीवन वचाउनका लागि कार्य गर्ने गराउने,

४. नागरिक काे जीवन वचाउ कार्यक्रम सम्बन्धि काम गर्दा अाफुले सामाधान गर्न नसकेमा अाफु भन्दा माथिल्लो समितिका अभियान्ताकाे साथ सहयाेग लिएर काम गर्ने,

अार्थिक सहयाेग/ बजेट:
याे कार्यक्रम का लागि अावश्यक साधन श्राेतकाे परिचालन गर्न पैसाकाे खाँचाे पर्ने भएकाेले तपसिलका नियमकाे पालना गर्नु पर्नेछ ।

नियम:
क. सक्रिय र समाजसेवी अभियान्ताले सामाजिक संजाल र फाेन खर्चकाे व्यवस्था अाफै गर्नु पर्नेछ ।
ख. संक्रमितलाई एम्बुलेन्स लगायतका अन्य सेवाका लागि सहयाेगकाे अाह्वान गर्ने र साे काे पारदर्शिता सम्बन्धित अभियान्ताले कुनै पनि समयमा विवाद नअाउने गरि हिसाब किताब राख्ने,

ग. कुनै पनि व्यक्ति वा निकायवाट सहयाेग लिदा सके सम्म भाैतिक सहयाेग लिने र सहयाेग दाताकाे नाम सहित पूरा विवरण राख्ने,
घ. याे कार्यक्रम काे हिसाब बिताब सबै क्षेत्रमा स्पष्ट राखेर समग्रमा लेखापरीक्षण गरिनेछ ।

कार्यक्रम काे संचालन र परिचालनको ढाँचा:
१. संरक्षक: केन्द्रीय कार्यकारी समिति २. संचालक: केन्द्रीय सचिवालय३. केन्द्रीय सहयाेगी: केन्द्रीय सदस्यहरु४. प्रदेश सहयाेगी: प्रदेश स्तरका अभियान्ताहरु५. प्रवास सहयाेगी: अन्तर्राष्ट्रिय समितिका सदस्य वा हरेक

देशका अभियान्ताहरु
६. जिल्ला सहयाेगी: जिल्ला स्तरका अभियान्ताहरु७.स्थानीय स्तरका सहयाेगी: पालिका स्तरका अभियान्ताहरु८. वडा सहयाेगी: वडाका अभियान्ताहरु९. टाेल सहयाेगी:
अभियानलाई सहयाेग गर्ने, साधारण सदस्य, शुभचिन्तक !भिम ब.साही फेसबुक वालबाट साभार

२०७८ बैशाख २९, बुधबार १०:२१ 1 Minute 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार