
गायक प्रकाश सपुतले आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
उनीसँगै उनका भाइ देबेन्द्र बब्लु र आमा कोरोना संक्रमित भएका थिए ।
सामाजिक सञ्जालमार्फत सपुतले आफू र आफ्ना भाइ संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
आमा बलियो आत्मविश्वासका साथ कोरोनासँग जुधिरहेको उनले बताएका छन् ।
शुभचिन्तकको शुभेच्छा र उच्च आत्मबलले कोरोना पराजित भएको उनको भनाइ छ ।
२०७८ बैशाख २८, मंगलवार १४:५८
0 Minutes
213 Views