
२६-वैशाख/ दाङमा एक ब्यक्तीले घरेलु हतियार प्रयोग गरि श्रीमतिको ह,त्या गरेका छन् ।
गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ३७ वर्षीय धनिराम चौधरीले ३८ वर्षीया श्रीमती शिला चौधरीलाई दाउ प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए, ।
आज (आईतबार) मकै रोप्ने काम सकेर खाना खाने बेला भएको विवादले उग्ररुप लिएपछि श्रीमानले घाँटीमा दाउ प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिइन् ।
`उनको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । धनिरामलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस्
दाङमा आज(आईतबार) ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार बिभिन्न अस्पतालमा उपचाररत रहेका ७ कोरोना संक्रमितको मृत्यु भएको हो । यो संगै जिल्लामा मृ,त्यु हुनेको संख्या एकसय ४ पुगेको छ ।
जिल्लाको तथ्यांक अनुसार अहिले २ हजार ५ सय ५० सक्रिय संक्रमित रहेका छन् । ति मध्ये करिब २ हजार ३ सय ५१ जना होम आइसोलेशनमै छन् । आज मात्रै जिल्लामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् ।