२०७९ असार १४
  • काठमाडौँ

गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पौडेल को हुन् ?

२० वैशाख, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेत हुन् ।

गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै छिन् । उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव थिइन् ।

उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उहाँले नेतृत्व नै गर्नुभएको थियो,’ प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने, ‘पौडेललाई गण्डकी प्रदेश प्रमुख बनाएर प्रधानमन्त्रीले न्याय गर्नुभएको छ ।’

नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लागेकी थिइन् । उनको परिवार नै राजनीतिमा सक्रिय रहेको सांसद अधिकारीले जानकारी दिए । पौडेल भूमिगत कालदेखि नै सक्रिय महिला नेतृ रहेको एमाले गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङले जानकारी दिए ।

पौडेल गण्डकी प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । यसअघि नै प्रदेश प्रमुखको रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसकेका छन् ।

२०७८ बैशाख २१, मंगलवार ०४:४८ 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार