
काठमाडौं । बलात्कारको अभियोग लागेका नेपाल प्रहरीका पूर्व डिएसपीलाई अदालतले सफाई दिएको छ ।
मुद्दा दायर भएको एक वर्ष पनि नबित्दै जिल्ला अदालत ललितपुरले पूर्व डिएसपी राज कुमार खिउजुलाई सफाई दिएको हो ।
जिल्ला न्यायाधीश देवबहादुर गिरीको इजलाशले गत ९ बैशाखमा उनलाई सफाई दिएको हो । गत वर्ष १४ जेठमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा एक सेवाग्राही युवतीलाई बलात्कार गरेको जाहेरी परेको थियो । आफूविरुद्ध उजुरी परेलगत्तै राजीनामा दिएर उनी फरार भएका थिए ।
गत वर्ष फागुनमा उनलाई ललितपुर परिसरले पक्राउ गरेको थियो । सुरुमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रहरी रिपोर्ट बनाउन वृत्त पुगेकी किशोरीलाई सहयोग गरिदिने बहानामा उनले पठक पटक बलात्कार गरेको उजुरी दियो । सम्बन्ध राखेको भिडियो खिची ब्लाकमेलिङ गरेको समेत पीडितको भनाई छ ।