२०७९ श्रावण २६
  • काठमाडौँ

ज्ञानेन्द्र शाही, पूर्वआइजीपी खनाल ,पाइलट बिजय लामा ,निखिल उप्रेती ,लगायत ब्यक्तीले समाजसेवामा, कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

काठमाडौं । ज्ञानेन्द्र शाही , पूर्वआइजीपी सर्वेन्द्र खनाल,सहितका केही ब्यक्तिहरुले कोेरोना बिरामीलाई अस्पताल लैजान सजिलो होस् भनेर निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेका छन् ।

काठमाडौ उपत्यकामा२४ सै घन्टा संचालन गर्नेगरी
शनिबार(आज)बाट निशुल्क कोभिड एबुलेन्स सेवा संचालन गरेको जानकारी अभियानका एक सदस्य अधिवक्ता संजयराज अधिकारीले दिएका छन् । एम्बुलेन्स अक्सिजनसहित सन्चालन गरिएको जनाइएको छ,।

निजी सावारी साधन नभएका र एबुलेन्सको खर्च तिर्न नसक्नेले एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्नसक्नेछन् । निःशुल्क एम्बुलेन्सका लागि निम्न मोवाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिने अधिवक्ता अधिकारीले जानकारी दिएका छन् ।

निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने अभियानमा पूर्वआइजीपी खनालका अतिरिक्त पाइलट बिजय लामा, भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्ने हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, निखिल उप्रेती, कलाकार निखिल उप्रेती छन् ।

त्यसैगरी ॐ समाज डेन्टल अस्पताल, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, डा. सुबास घिमिरे, एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, अधिवक्ता संजयराज अधिकारी, पर्यटन यातायात महासंघका अध्यक्ष रामहरि शर्मा, राप्रपा नेता देबेन्द्र प्रधान र बिरा समाज सेबा पनि निःशुल्क एम्बुलेन्स संचालन गर्ने अभियानकर्तामा छन् ।

२०७८ बैशाख १८, शनिबार १३:४५ 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।