२०७९ असार १५
  • काठमाडौँ

आफ्नै छोरी बला,त्कार गर्ने बाबुलाई २८ वर्ष कै,द

झण्डै साढे सात वर्ष सम्म लगातार आफ्नी छोरीलाई बला,त्कार गर्दै आएका सिंगापुरका एकजना पुरुषलाई हालै अदालतले २८ वर्ष लामो कारावास र चौंबिस कोर्राको सजाय सुनाएको छ ।

ती चौवासिल बर्षीय व्यक्तिले घरमा आउने छोरीको मिल्ने साथीमाथि पनि यौन दुव्र्यवहार गर्ने गरेको बुझिएको छ । अहिले १३ बर्ष पुगेकी छोरीलाई ९ देखि ११ वर्षको उमेरबीच कम्तीमा २० पटक वलात्कार गरेको उनले स्विकारी सकेका छन् ।

साथै उनले आफ्नी छोरीलाई अनगन्ती पटक मुख मैथुन गर्न पनि बाध्य पारेका थिए । बाबु छोरी दुवैको परिचय खुलाइएको छैन । युरोपेली संघका न्यायधिश म्याभिस चिनोहले उनी विरुद्ध आफ्नो नाताको अधिकार र विश्वासको दुरुपयोग गरेको ,

`कम उमेरकी अर्थात नाबालिकालाई शिकार बनाएको , घृणित अपराधको तानावाना बुनेको एवं असुरक्षित यौन कार्य गरेका जस्ता अभियोग लगाएकी थिइन् ।

चिनोहले यस घटनाको कारण ती निर्दोष बालिकाको चन्चल बाल्यकाल आफ्नै पिताद्वारा छिनिएको र उनको मन एवं मस्तिष्कमा दिर्घकालिन डर त्रास पैदा गरेको बताएकी छन् । उनले आफ्नी छोरीको साथीको आंठमा चुम्वन गर्दै त्यसवारे कसैलाई केहि नबताउन धम्की दिएका थिए ।

एकपटक आफ्नै शयन कक्षमा चलचित्र हेर्ने क्रममा उनले छोरी रउनका साथीलाई एकेपटक यौन दुव्र्यवहार गरेका थिए । सो दिन देखि छोरीका साथी तिनीहरुको घर आउन छोडेको बताइएको छ,।

‘उनका सानो छोरा र पत्नी छन् । उनले पहिलोपटक छोरीलाई ३ देखि ७ वर्ष उमेरबीच यौन आक्रमण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।स्रोत न्युजसफनेपाल बाट

२०७८ बैशाख १५, बुधबार ००:२५ 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार