२०७९ असार १८
  • काठमाडौँ

परिक्षा दिन हिडेकी चन्द्र्‍कलाको भिर बाट लडेर ज्या,न गएको छ ।

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ साउनेपानी अत्तरकाँडा निवासी चन्द्रकला शार्कीकाे मंगलबार बिहान स्कुल जाने क्रममा लडेर मृ’त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

कोभिडको जोखिम लाइ मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपिछ भानुभक्त मावि दमाचाैरमा कक्षा १० मा अध्यनरत चन्द्रकला मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।

घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चिप्लिएपछि भीरबाट लडेको उनिसंगै हिडेका विद्यार्थीहरुले बताएका छन् ।

बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र बिहान किरब सवा ९ बजेकाे समयमा घटनास्थलमै उनको ज्यान गएको रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ र २ काे सिमानामा रहेकाे उक्त अत्तरकाँडा भीरबाट यसभन्दा अघि ६ जना भन्दा धेरै लडेर ज्यान गुमाइसकेकाे छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले बताए । दुइवटा वडाका नागरिक वारपार गर्ने उक्त ठाउँमा खाेला वारि र पारि दुवैतिर डेन्जर खालकाे भीर छ । स्रोत लेकालीअनलाइन बाट

२०७८ बैशाख १४, मंगलवार १६:१९ 0 Minutes 1391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।