२०७९ भाद्र १
  • काठमाडौँ

पाकिस्तानी प्रधानमन्त्रीले गरे भारतीयका लागि प्रार्थना किन ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहेको बताएका छन् । ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् ।

म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ,’ उनले भने ।

कोरोनाविरुद्ध लड्नका लागि तय गरिएका मापदण्डहरु पालना गर्न उनले शुक्रबार देशवासीसँग अपिल गरेका थिए । ‘मानिसहरुले आफ्नो बचाउका लागि स्वास्थ मापदण्ड पालना गरेनन् भने हामीले त्यही स्थिती सामना गर्नुपर्ने हुन्छ, जो अहिले भारतले गरिरहेका छ,’ इमरानले भनेका थिए ।

अवस्था तिव्र रुपमा बिग्रिएकाले आगामी दिनमा देशमा लकडाउन लगाउनुपर्ने पनि हुनसक्ने उनले बताएका थिए । उनले कोभिड १९ का मापदण्डहरुको पालना गराउनका लागि सेनासँग पनि मद्दत मागेका थिए ।

सबैले मास्क लगाउने हो भने आधा समस्या आफैं समाप्त हुने उनले बताएका थिए । रातोपाटी बाट

२०७८ बैशाख १२, आईतवार ०१:२१ 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।