
काठमाडौ । स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्। भारतवाट फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि पछि घरमै आइसोलेसनमा बसेका उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना देखिएको थियो।
कोरोना पुष्टिपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानीलाई भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए। शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो। भारतमा दुई महिना सम्म चल्ने कुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो ।
भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएको छ । भारतवाट नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएको छ । भारतमै परिक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट नेपालमा गरिएको परिक्षणमा पुर्व राजारानीलाई कोरोना पुष्टि भएको थियो । taajakhabar बाट