
काठमाडौ । महंगो होटलमा फ्राइड चिकन किनेर वाहिर निस्किए । साथीहरु आफ्नो गाडीमा बसेर खान थाले । ४ पिस खाइसकेका थिए । अनि एक अर्को पिस एक जना साथीले खान लागेका थिए तर चिकेनमा त किरा पो हिडिरहेको रहेछ ।
नाक नजिक लगेर सुँग्दा पनि ग न्ध आइरहेको थियो । १४३० रुपैयामा चिकन किनेर लगेका थिए । चिकेन कु हेको रहेछ हाम्रो स्वास्थ्यमा खेलवाड किन गर्नुभयो रु भनेर भन्न जाँदा म्यानेजर महेश भट्टराईले तपाईलाई केही समस्या भए हामी जिम्मा लिन्छौं भन्दै गैर जिम्मेवार जवाफ दिएपछि उनीहरु थप रिसाएका थिए ।
काठमाडौको नयाँ वजारमा रहेको भ्याली एक्प्रेसवाट धादिगंका सञ्जिव त्रिपाठीको टोलीले त्यहाँवाट चिकेन किनेर लगेका थिए । तर चिकेन कुहिएको फेला परेको बताएका छन् । तर आफुहरुले गुनासो गर्दा म्यानेजरले गैर जिम्मेवार जवाफ दिएको भन्दै ग्राहक सञ्जिव थप रिसाए ।
उनले होटलमा रहेका अरु चिकेन पनि खान नसकिने र स्मेल आएको बताएका थिए । होटल म्यानेजरले गैरजिम्मेवार जवाफ दिएपछि उनले प्रहरी बोलाएका थिए ।