
९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा बालिका खड्का पक्राउ परेकी छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने,
‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं, मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’
प्रहरीका अनुसार एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा घटना भएको हो ।
२०७८ बैशाख ९, बिहीबार १०:३५
1 Minute
92 Views