२०७९ श्रावण ३१
  • काठमाडौँ

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृ,त्यु

मोरङ– विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृ,त्यु भएको छ।

अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवका अनुसार अक्सिजनको मात्रा न्यून हुँदै गएपछि संक्रमित महिलाको सोमबार विहान करिब साढे ६ बजे मृ,त्यु भएको हो।

उदयपुर गाइघाटकी ३५ वर्षीया महिलाको एन्टिजेन रिपोर्ट पोजिटिभ आएसँगै आइतबार राति विराटनगर ल्याइएको परिवारले जनाएको छ।

सुरुमा विराटनगरका विभिन्न अस्पतालले उपचारका लागि भर्ना नलिँदा समस्या भएको उनीहरुको गुनासो छ। सुरुमा विराटनगरकै गोल्डेन अस्पतालमा कोरोना एन्टिजेन परिक्षण भएको उनीहरुको भनाइ छ। सो क्रममा रिपोर्ट पोजिटिभ आएपछि गोल्डेनले विरामी महिलालाई भर्ना लिन अस्वीकार गरेको थियो।

त्यसपछि राती परिवारले विराट शिक्षण अस्पतालमा भर्नाका लागि लगिँदासमेत भर्ना नभएको र म्याक्स अस्पतालमा लैजानका लागि फोन गर्दा नल्याउन भनेपछि परिवारले अन्ततः सोमबार विहान करिब ४ बजे कोशी अस्पताल पु¥याएको थियो।

त्यसपछि विरामीलाई कोशीको आइसोलेसनमा भर्ना गरेपनि उपचार सुरु नभएको बताउँदै परिवारले संक्रमित महिलालाई पुनः नोबेल शिक्षण अस्पताल पु¥याएका थिए।

तर, नोबेलमा समेत विरामीलाई भर्ना लिन नमानेपछि पुनः कोशी नै फर्काइएको थियो। विरामीको उपचारका लागि अस्पताल पु¥र्याउँदै गर्दा विहान करिब साढे ६ बजे मृत्यु भएको थियो। स्रोत देशसञ्चार बाट

२०७८ बैशाख ७, मंगलवार ०१:०८ 0 Minutes 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।