
काठमाडौँ– वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अंग्रेजी मिति अनुसार आज जन्मदिन हो। आजबार उनी ७१ वर्षका भए।
मदनको जन्म दिनको अवसरमा नेपालयले जन्मदिनबारे मदनकृष्णले गाएको गीत सार्वजनिक गरेको छ, जसलाई मदनकृष्णले वि सं २०२७, विसं २०२८ सालमा सिर्जना गरेका थिए।
यो गीत श्रेष्ठले पलेटी श्रृंखलामा गाएका थिए। त्यही समयको भिडियो रेकर्ड गीतलाई नेपालयले युट्युबमा सार्वजनिक गरेको हो।
गीत सम्झदै मदनकृष्ण फेसबुकमा लेख्छन्, ‘२०२७ साल २०२८ सालतिर होला शायद मेरी श्रीमतीले मलाई भोलि मेरो जन्मदिन मात्र के भनेकी मलाई जन्मदिनको विषयमा एउटा गीत लेख्न मन लागिहाल्यो र लेखेर आफ्नै संगीतमा रेकर्ड पनि गरेको थिँए। जुन गीत मैले नेपालयको कार्यक्रम ‘पलेटी’ मा पनि गाएको थिएँ।
अंग्रेजी तारिख अनुसार अप्रिल १९ मेरो जन्मदिन हो। आजकै दिन पारेर नेपालयले यो गीत युट्युबमा अपलोड गरेकोमा नेपालय संस्था तथा नेपालय परिवारलाई मुरीमुरी धन्यवाद !’