२०७९ असार १८
  • काठमाडौँ

एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ

टाल्स्टाय एक पटक एकदमै साधारण कपडा लगाएर स्टेसनको प्लेटफार्ममा घुमिरहेका थिए ।

एउटी महिलाले उनलाई भरिया ठानेर भनिन्- यो चिठी लिएर अगाडिको होटलमा जानू । त्यहाँ मेरो श्रीमान् बसिरहनुभएको छ । यो उनलाई दिनूँ । म तिमीलाई दुई रुपैयाँ दिन्छु ।

टाल्स्टायले त्यो चिठी पुर्‍याइदिए र दुई रुपैयाँ लिएको मात्र थिए त्यतिबेलै उनका एक साथी त्यहाँ आए र उनलाई ‘काउन्ट’ भनेर अभिवादन गरे ।

यो सुनेर ती महिलालाई आश्चर्य लाग्यो । उनले त्यो नयाँ मान्छेलाई सोधिन्— उहाँ कोहो ?

टाल्सटायको परिचय पाएर ती महिला एकदम लज्जित भइन् र क्षमा माग्दै आफ्नो दुई रुपैयाँ फिर्ता मागिन् ।

टाल्साटायले हाँस्दै भने— देवीजी, मैले काम गरेर पैसा लिएको हुँ । आफ्नो मिहेनतको कमाई किन फिर्ता गरुँ ?शाभार खबरह्प बाट

२०७८ बैशाख ६, सोमबार ००:५२ 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।